दिउसो २ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउसो २ बजेसम्मका मुख्य १० समाचार


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ:  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो २ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. विकास र समृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प माओवादीका अध्यक्ष दाहालको जिकिर 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास र समृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको आज शिलान्यास गर्दै अध्यक्ष दाहालले सङ्कल्पमा जनताको निरन्तर सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताए ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको प्रयास र समन्वयका कारण छिटो काम सुरु भएको भन्दै ठेकेदार कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गरे । सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परियोजनाको काम दुई वर्षमा सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।  प्राधिकरणले अहिले  १६ अर्ब नाफा गरेको उनले जानकारी दिए ।

अहिले दैनिक  १० करोडदेखि १२ करोडसम्म बिजुली बेचिरहेको उनको भनाइ थियो । चितवनको पुल्चोक नारायणगढदेखि बसपार्क चोक तथा आँपटारीसम्म विद्युत लाइन भूमिगत गरिने भएको हो ।

कास्कीको पोखरा महानगरपालिका र भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा ४९ करोड ६८ लाख ३१ हजार ८ सय ९९ रुपैयाँको लागतमा विद्युत लाइन भूमिगत गर्न प्राधिकरणले भारतीय कम्पनी टाटा प्रोजेक्ट लिमिटेडसँग सन् २०२२ जनवरी २० मा ठेक्का सम्झौता गरेको  थियो  ।

२. अर्थतन्त्र सकारात्मक सुधारमा रहेको अर्थमन्त्री शर्माको दाबी

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेको  बताएका छन् ।  नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताएका हुन् ।

 मन्त्री शर्माले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको  बताए ।  उनले देशमा विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिती बढ्दै जाने र अर्थतन्त्र सबल हुँदै जाने विश्वास व्यक्त गरे  । उनले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको जानकारी  दिए ।

मन्त्री शर्माले निजी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै देशमा लगानीयोग्य वातावरण रहेको बताए ।

कृषि, वनलगायतका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई उनले  आग्रह गरे ।आर्थिक पत्रकारहरुको छाता सङ्गठन सेजनले आज स्थापनाको २५औं वर्षगाठ मनाइरहेको छ ।

 ३. आगामी निर्वाचनमा सक्रिय भएर लाग्न एमाले अध्यक्ष ओलीको निर्देशन 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कर्याकर्तालाई आगामी निर्वाचनमा सक्रिय भएर लाग्न  निर्देशन  दिएका छन् ।

सुनसरीको दुहबीमा  आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेका विरोधीविरुद्धहरु सगँ लड्न सक्रिय भएका लाग्न न कार्यकर्तालाई  निर्देशन दिएका हुन् ।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा त्यसो हुन नदिन एमाले कार्यकर्ताहरू अहिलेदेखि नै सचेत हुनुपर्ने बताए । उनले  आगामी मंसिर ४ को निर्वाचनमा बाकस सट्न र बुथ कब्जा गर्ने्तर्फ नलाग्न प्रहरीलाई  समेत आग्रह गरे ।

यस्तै मङ्सिर ४ गतेको निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउने  उनले दाबी गरे ।

४. भ्रष्टाचार मुक्त समाज निर्माण गनपर्छ उपसभामुख भुसाल

प्रतिनिधिसभाका उपसभामुख पुष्पा भुसालले भ्रष्टाचार मुक्त समाज निर्माण गर्नुपर्ने बताएकी छिन्  । नेपाल पत्रकार महांसघ अर्घाखाँची शाखाले आज  आयोजना गरेको सम्मान तथा पत्रकार सम्मेलनमा बोल्दै उपसभामुख भुसालले भ्रष्टाचार मुक्त समाज बनाई सुशाससहितको समृद्ध नेपाल बनाउनुपर्नेमा जोड दिइन् ।

उपसभामुख भुसालले लोककल्याणकारी राज्य संविधानमात्रै सुरक्षित भएको भन्दै जनताले महसुस गर्नेगरी लोककल्याणकारी काम गर्नुपर्ने धारणा व्यक्त गरिन् ।

जिल्लाको मुख्य सडकको रुपमा रहेको गोरूसिङे सन्धिखर्क सडकलाई व्यवस्थित बनाउनका लागि प्राथमिकतामा राखिएको र ढोरपाटन सडकलाई निश्चित समयमा निर्माण सक्नेगरी काम भइरहेको  पनि भुसालले  जानकारी दिइन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेकी भुसालले पार्टीले टिकट दिए आफू अर्घाखाँचीबाट  संघको प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने स्पष्ट पारिन् ।

५. ठगी आरोपमा फरार एक अभियुक्त पुन पक्राउ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका ठगी आरोपमा फरार एक अभियुक्तलाई प्रहरीले नक्सालस्थित मेरियट होटेलबाट पक्राउ गरेको छ । यूएईबाट फ्लाइ दुबईको विमानबाट, विमानस्थलमा अवतरण गरेका सुनसरीका ३० वर्षीय रिजवान आलमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गए राति १० बजे मेरियट होटेलबाट पक्राउ गरेको हो ।

आलमलाई प्रहरीले विमानस्थल अध्यागमन कार्यालयलाई बुझाएको छ । आलमसहित तीन जनाविरुद्ध दाउद हुसेनले गत कात्तिकमा १ करोड ६८ लाख रुपैयाँ ठगी गरेको कसुरमा कारबाहीका लागि प्रहरीमा जाहेरी दिएका थिए ।

आलमले हुसेनका छोरालाई दुबईमा पाइलट कोर्स गराइदिने भनेर सो रकम लिएका थिए । तर, कोर्स गर्न नपाएपछि आफू आलमबाट ठगिएको भन्दै हुसेनले प्रहरीमा जाहेरी दिएका थिए ।

त्यसपछि गत चैत २७ मा काठमाडौं जिल्ला अदालतले आलमसहितका आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

६ . मोटरसाइकल चालकको मृत्यु 

सुनसरीको इटहरी-२ मा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का एक जना  घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक इटहरी-२ का २८ वर्षीय लोमस दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

इटहरी-२ गङ्गामार्गस्थित कोसी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश१–०२–००२च ४६६२ नंको पिकअप गाडीले सोही दिशातर्फ आउँदै गरेको को १६ प ५७२० नंको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

सोही दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी–५ का २९ वर्षीय सरोज गुरागाईँ सख्त घाइते  भएका छन् ।

७. पहिरोका कारण खोटाङका सबै ग्रामीण सडक अवरुद्ध 

केही दिनदेखिको लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण खोटाङका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएका ग्रामीण सडक अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवं राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु घण्टौँ पैदलयात्रा गरेर गन्तव्यमा पुग्न बाध्य छन् ।

हिउँदमा जिल्लाका दशवटै स्थानीय तहमा यातायात सञ्चालन भए पनि अहिले दिक्तेल-काठमाडौँ, दिक्तेल-इटहरी-विराटनगरदिक्तेल-भोजपुर सडक मात्र सञ्चालनमा रहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए । अवरुद्ध ग्रामीण सडक पुनः मर्मत गरेर सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यान नगएको यातायात व्यवसायीको गुनासो छ ।

गत वर्षको तुलनामा यस वर्ष छिटो वर्षात् सुरु भएको र लगातारको वर्षात्का कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएको महासचिव हिङ्माङले बताए। अवरुद्ध ग्रामीण सडक दशैँअघि सञ्चालन हुने अवस्था छैन । सगरमाथा राजमार्गअन्तर्गत तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकखण्डसमेत अवरुद्ध छ ।  

. रूसद्धारा युरोप हुदैँ जर्मनीमा बन्द गरको ग्यास आपूर्ति आज पनि यथावत 

रुसले युरोप हुँदै जर्मनीमा बन्द गरेको ग्यास आपूर्तिलाई आज पनि यथावत राखेको छ । रुसी उर्जा कम्पनी ग्याजप्रोमले नोर्ड स्ट्रिम १ पाइपलाइनमा  मर्मतसम्भारको  गर्नुपर्ने भन्दै  गत बुधबार देखि  सेप्टेम्बर २ सम्म  जर्मनीमा ग्यास आपूर्ति  बन्द गर्ने घोषणा गरेको थियो । यद्यपि कम्पनीले सो पाइपलाइनबाट तेल चुहावट भएको पाइएको भन्दै आपूर्ति  गर्न नसकिने जनाएको छ ।

यद्यपि कम्पनीले सो पाइपलाइनबाट तेल चुहावट भएको पाइएको भन्दै आपूर्ति गर्न नसकिने जनाएको छ । रुसले नोर्ड स्ट्रिम १ पाइपलाइनबाट जर्मनी लगायतका अन्य युरोपेली मुलुकमा आपूर्ति गर्दै आएको छ ।

यद्यपि पछिल्लो समय युक्रेनसगँको जारी युद्धका कारण पश्चिमी मुलुकले रुसको  ग्यास आपूर्तिमा प्रतिबन्ध गरेको छ । यता  रुसी ग्यासमाथि परनिर्भर रहेको  जर्मनी लगायतका अन्य युरोपेली मुलुकले भने मस्कोले युक्रेनसगँको जारी युद्धका कारण  ग्यास आपूर्तिमा कटौती गरेको आरोप लगाएको छ   । 

९. घरेलु टोली केन्याविरुद्धको दोस्रो एकदिवसीयमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने 

घरेलु टोली केन्याविरुद्धको दोस्रो एकदिवसीयमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले ब्याटिङ रोजेपछि केन्याले सुरुआतमा फिल्डिङ गर्नेछ ।

केन्याविरुद्धको दोस्रो खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई आराम दिईएको छ । उनको स्थानमा देव खनालले सुरुआती–११ मा स्थान बनाएका छन् ।

हिजो भएको पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।

यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा बराबरी गर्न चाहन्छ । नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल भने  आगामी सोमबार खेल्नेछ

 १०. घरेलु टोली अष्ट्रेलियासँगको तेस्रो एकदिवसीयमा जिम्बावेले ३ विकेटले विजयी 

घरेलु टोली अष्ट्रेलियासँगको तेस्रो एकदिवसीयमा पाहुना टोली जिम्बावेले जित निकालेको छ । टाउन्सभिल्लीमा  आज  भएको खेलमा जिम्बावेले अष्ट्रेलियालाई ३ विकेटले पराजित गरेको हो ।

अन्तिम खेलमा हार व्यहोरेपनि घरेलु टोलीले तीन खेलको एकदिवसीय सिरिज २/१ ले जितेको छ । अष्ट्रेलियाले दिएको १ सय ४२ रनको लक्ष्य ३९ ओभर ७ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कप्तान रेगिस चाकाब्भाले ३७ तथा मारुमनीले ३५ रन बनाए ।

काइटानोले २९ रन तथा टोनी मुन्योङ्गाले १७ रन बनाए । रायन बर्लले ११ तथा सिकन्दर राजाले ८ रन बनाए । अष्ट्रेलियाका लागि जोस हेजलउडले ३ तथा मिचेल स्टार्क,एस्टन अगर,क्यामरोन ग्रिन,मार्कस स्टाईनसले १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ३१ ओभरमा अलआउट हुँदै १ सय ४१ रन जोडेको थियो ।


प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  २ : २८ बजे

नेपाल र चीनबीच १३ बुँदे सम्झौता र समझदारी

बेइजिङ– नेपाल र चीनबीच विभिन्न १३ विषयमा सम्झौता तथा समझदारी

प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको बेइजिङस्थित तियानमेनमा रहेको राष्ट्रिय

नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न भारतीय नागरिक पक्राउ

काठमाडौँ– नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले एक

अविरल वर्षापछि धनगढी जलमग्न

सुदूरपश्चिम– आज बिहानको अविरल वर्षासँगै धनगढीस्थित सेती प्रादेशिक अस्पतालभित्र पानी

विद्युतीय सवारीका चार्जिङ स्टेशन निर्माणसम्बन्धी कार्यविधि

मनहरी– बागमती प्रदेश सरकारद्वारा विद्युतीय सवारी चार्जिङ उपकरण खरिद र