स्वास्थ्यचौकीमा आधुनिक प्रयोगशाला सास्ती « Khabarhub

स्वास्थ्यचौकीमा आधुनिक प्रयोगशाला सास्ती


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा प्रयोगशाला आधुनिक नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । आधुनिक उपकरण नहँदा प्रयोगशालाका प्राविधिकले हातैले र माइक्रोस्कोपको सहायताले सामान्य प्रकारको परीक्षण मात्रै गर्दै आएका छन् । मलेरिया, क्षयरोग, युरिक एसिड, सुगर र रगतको सामान्य परीक्षणको कार्य प्रयोगशालाबाट हुने गरेको छ ।

रगतको मात्रा, हेमोग्लोविनको अवस्था, डब्लुबिसी, आरबिसीलगायत परीक्षणका लागि बिरामीलाई बाह्य क्षेत्रमा स्वास्थ्यकर्मीले पठाउँदै आएका छन् । हातैले परीक्षण गर्दा थोरै बिरामीले सेवा पाउने अवस्था रहेको प्रयोगशालाका प्राविधिक बताउँछन् ।

‘परीक्षणको दायरा बढाउनका लागि आधुनिक मेसिनको आवश्यकता हुन्छ’, पिपलाडी स्वास्थ्यचौकीका ल्याब असिस्टेन्ट वसन्त धामीले भने, ‘नगरपालिकासँग ल्याबका लागि स्वचालित मेसिन माग गरेका छौँ, माग गरेअनुसारका मेसिन उपलब्ध हुन सकेका छैनन् ।’ नगरपालिका क्षेत्रमा चार वटा स्वास्थ्य संस्थामा प्रयोगशाला रहेका छन् ।

पीपलाडी स्वास्थ्यचौकी, झलारी स्वास्थ्यचौकी, पीताम्बर स्वास्थ्यचौकी र बन्साहा सहरी स्वास्थ्य केन्द्रमा प्रयोगशाला रहेका छन् । पीपलाडी स्वास्थ्यचौकीमा झण्डै एक दशकअघिदेखि प्रयोगशाला सञ्चालनमा रहेको छ । अन्य तीन वटा स्वास्थ्यचौकीमा गएको पाँच वर्षमा प्रयोगशाला थपिएका हुन् ।

‘प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रसँग प्रयोगशालाका लागि आवश्यकपर्ने मेसिनको माग गरेका छौँ’, नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने, ‘प्रयोगशालाका लागि सेमि अटोएनलाइजर र कुल्टरकाउन्टर मेसिनको आवश्यकता छ, त्यसकै माग गरेका छौँ ।’

एउटै मेसिनको रु चार लाखदेखि रु सात लाखसम्म पर्ने भएकाले नगरपालिकाको बजेटले नभ्याउँदा प्रदेशलाई गुहार्नुपरेको उनले बताए । उपकरण जडान तथा खरिदका लागि नगरपालिकाबाट रु पाँच लाख बजेट विनियोजन गरिएको छ । विनियोजन गरिएको रकमबाट पीपलाडी स्वास्थ्यचौकीमा डिजिटल एक्स–रे मेसिन जडान गरिने र रकम बाँकी रहे आवश्यक उपकरण खरिद गरिने शाखा प्रमुख भट्टले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ९ : ४२ बजे

नागढुङ्गा सुरुङमार्ग पीडितको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नागढुंगा सुरुङमार्ग उद्घाटनको अवसरमा नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिले

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट