स्वास्थ्यचौकीमा आधुनिक प्रयोगशाला सास्ती | Khabarhub Khabarhub

स्वास्थ्यचौकीमा आधुनिक प्रयोगशाला सास्ती


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा प्रयोगशाला आधुनिक नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । आधुनिक उपकरण नहँदा प्रयोगशालाका प्राविधिकले हातैले र माइक्रोस्कोपको सहायताले सामान्य प्रकारको परीक्षण मात्रै गर्दै आएका छन् । मलेरिया, क्षयरोग, युरिक एसिड, सुगर र रगतको सामान्य परीक्षणको कार्य प्रयोगशालाबाट हुने गरेको छ ।

रगतको मात्रा, हेमोग्लोविनको अवस्था, डब्लुबिसी, आरबिसीलगायत परीक्षणका लागि बिरामीलाई बाह्य क्षेत्रमा स्वास्थ्यकर्मीले पठाउँदै आएका छन् । हातैले परीक्षण गर्दा थोरै बिरामीले सेवा पाउने अवस्था रहेको प्रयोगशालाका प्राविधिक बताउँछन् ।

‘परीक्षणको दायरा बढाउनका लागि आधुनिक मेसिनको आवश्यकता हुन्छ’, पिपलाडी स्वास्थ्यचौकीका ल्याब असिस्टेन्ट वसन्त धामीले भने, ‘नगरपालिकासँग ल्याबका लागि स्वचालित मेसिन माग गरेका छौँ, माग गरेअनुसारका मेसिन उपलब्ध हुन सकेका छैनन् ।’ नगरपालिका क्षेत्रमा चार वटा स्वास्थ्य संस्थामा प्रयोगशाला रहेका छन् ।

पीपलाडी स्वास्थ्यचौकी, झलारी स्वास्थ्यचौकी, पीताम्बर स्वास्थ्यचौकी र बन्साहा सहरी स्वास्थ्य केन्द्रमा प्रयोगशाला रहेका छन् । पीपलाडी स्वास्थ्यचौकीमा झण्डै एक दशकअघिदेखि प्रयोगशाला सञ्चालनमा रहेको छ । अन्य तीन वटा स्वास्थ्यचौकीमा गएको पाँच वर्षमा प्रयोगशाला थपिएका हुन् ।

‘प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रसँग प्रयोगशालाका लागि आवश्यकपर्ने मेसिनको माग गरेका छौँ’, नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने, ‘प्रयोगशालाका लागि सेमि अटोएनलाइजर र कुल्टरकाउन्टर मेसिनको आवश्यकता छ, त्यसकै माग गरेका छौँ ।’

एउटै मेसिनको रु चार लाखदेखि रु सात लाखसम्म पर्ने भएकाले नगरपालिकाको बजेटले नभ्याउँदा प्रदेशलाई गुहार्नुपरेको उनले बताए । उपकरण जडान तथा खरिदका लागि नगरपालिकाबाट रु पाँच लाख बजेट विनियोजन गरिएको छ । विनियोजन गरिएको रकमबाट पीपलाडी स्वास्थ्यचौकीमा डिजिटल एक्स–रे मेसिन जडान गरिने र रकम बाँकी रहे आवश्यक उपकरण खरिद गरिने शाखा प्रमुख भट्टले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ९ : ४२ बजे

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो

‘रेड नोटिस’ जारी भएका व्यक्ति पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं– ज्यान सम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुर सम्बन्धी

संसदीय छानबिन समिति बनाउन प्रतिपक्षी दल एकजुट

काठमाडौं– प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका उपप्रधान तथा