कक्षामा विद्यार्थी छन् तर राम्रो सिकाइ छैन : महामन्त्री थापा « Khabarhub

कक्षामा विद्यार्थी छन् तर राम्रो सिकाइ छैन : महामन्त्री थापा


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको शिक्षा क्षेत्रमा सिकाइको अभाव भएको बताएका छन् । थापाले आज बूढानीलकण्ठ नगरपालिका–८ स्थित भ्याली पब्लिक माध्यमिक विद्यालयको समझदारीपत्रमा हस्ताक्षर समारोहमा विद्यालयको भौतिक तथा अन्य किसिमको सुधार भएको तर शिक्षण सिकाइको अझै पनि कमी रहेको बताए ।

महामन्त्री थापाले निजी तथा सरकारी दुवैखाले विद्यालयमा शैक्षिक पद्धतिको विकास गर्नुपर्ने धारणा व्यक्त गर्दै विद्यालयले ठूला भौतिक संरचना निर्माण गरेर मात्र नहुने र नयाँ पुस्तालाई फरक ढङ्गले अध्ययन गराउन आवश्यक रहेको धारणा राखे । उनले भने , ‘कक्षामा विद्यार्थी छन् तर राम्रो सिकाइ भएको छैन । कक्षाभित्र कसरी सिक्ने भन्ने कुरालाई ध्यान दिनुपर्छ ।’

महामन्त्री थापाले भ्याली पब्लिक विद्यालयको सिकाइलाई अझ प्रभावकारी बनाउन विभिन्न संस्थासँग गरेको सहकार्यले विद्यार्थीको पढाइमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बूढानीलकण्ठ प्रमुख मीठाराम अधिकारीले देश परिवर्तन गर्न शिक्षाको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने, ‘विद्यार्थीमा परिवर्तनको विचार आउन आवश्यक हुन्छ । सामुदायिक र संस्थागत विद्यालयबीचको द्वन्द्व रहेको छ । यसलाई समाधान गर्न आवश्यक छ ।’ भ्याली पब्लिक विद्यालयले काठमाडौँ विश्वविद्यालय, इन्सपायर एजुकेशन फाउन्डेसन, आइएसओ र लाइब्रेरी डेभलपमेन्ट फोरमसँग शैक्षिक सुधार गर्न समझदारी गरेको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले भ्याली पब्लिक विद्यालयले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ९ : ५९ बजे

जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती

काठमाडौँ – गर्मी तथा हावाहुरीको मौसम सुरु भएसँगै नेपालमा आगलागीका

अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना पहिलो प्राथमिकता : सुनिता डंगोल

काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी