अफगानिस्तानमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध « Khabarhub

अफगानिस्तानमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  अफगानिस्तानको तालिवान समूहद्वारा आफ्नो मुलुकमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा उल्लेख्य तनाब वृद्धि भएपछि तालिबानले अफगानिस्तानमा पाकिस्तानी रुपैयाँको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

अफगान समाचार संस्था खामा प्रेसका अनुसार पाकिस्तानी मुद्रामाथिको प्रतिबन्ध अक्टोबर १ तारिख शनिबारदेखि लागू भएको छ ।

तालिवान गुप्तचर निकायले अफगानिस्तानमा आर्थिक लेनदेनमा पाकिस्तानी रुपैयाँको प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्धित गरिएको घोषणा गरेको छ । यो आदेश तालिबानको सम्पत्ति शुद्धिकरण ‘एन्टी मनी लाउन्ड्रिङ’ शाखाले मनी एक्सचेन्ज एशोसिएशनलाई जानकारी गराएको थियो ।

यस आदेश अनुसार, स्थानान्तरण, व्यापार र मुद्रा विनिमय सहित सबै वित्तीय लेनदेनहरूलाई सीमित मात्र नगरी निषेधित गरिएको छ ।

प्रतिवेदनमा मुद्रा सटही डिलरलाई पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार गर्न प्रतिबन्ध लगाइएको उल्लेख छ ।तोकिएको रकमभन्दा बढी रकम फेला परेमा डिलरलाई कानुनी कारबाही हुन सक्छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  १० : २८ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण