तारकेश्वरमा प्रथम त्रैमासिकमा २२ करोड खर्च « Khabarhub

तारकेश्वरमा प्रथम त्रैमासिकमा २२ करोड खर्च


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिकाले प्रथम त्रैमासिकमा २२ करोड १७ लाख खर्च गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा भौतिक पूर्वाधार, तलब, भत्ता, शिक्षा, स्वास्थ्यलगायतमा उक्त रकम खर्च गरेको हो । 

प्रशासनिक खर्च १३ करोड ६७ लाख ७६ हजार र पुँजीगत खर्च आठ करोड ४९ लाख रहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले कागजपत्र र प्रक्रिया मिलाएर आएका कुनै पनि भुक्तानी नगरपालिकाले नरोकेकाले वित्तीय प्रगति बढेको बताएका छन् । ‘काठमाडौँभित्रका अन्य नगरपालिकाको तुलनामा तारकेश्वरले उत्कृष्ट वित्तीय प्रगति हासिल गरेको छ’, उनले भने ।

तारकेश्वर नगरपालिकामा चालु आर्थिक वर्षको बजेट दुई अर्ब छ करोड रहेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित तारकेश्वर नगरपालिकामा ११ वडा छन् । 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  १ : ५२ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ