१३ मतदानस्थल अतिसंवेदनशील « Khabarhub

१३ मतदानस्थल अतिसंवेदनशील


१७ कार्तिक २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नवलपरासी पूर्वमा तोकिएका मतदानस्थलमध्ये १३ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् । जिल्लामा एक सय १३ वटा मतदानस्थलमध्ये १३ वटा अतिसंवेदनशील, ३७ संवेदनशील र ६३ वटा सामान्यको सूचीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको पहुँचका आधारमा मतदानस्थललाई वर्गीकरण गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले बताए । उनका अनुसार यातायातको सुविधा नपुगेको, भौगोलिक विकटता रहेको ठाउँमा सुरक्षाको जोखिम हुनसक्ने भएकाले अतिसंवेदनशील केन्द्रका रुपमा मानिएको हो ।

निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायलाई एकीकृत गरी परिचालन गर्नेगरी सुरक्षा विशेष योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिएका छन् । सशस्त्र र जनपथ प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाले विशेष फोर्स स्थापना गरेर निर्वाचनको सूक्ष्मरूपमा विश्लेषण गरी सुरक्षा प्रदान गर्ने उनले बताए ।

निर्वाचनलाई निष्पक्ष र भयरहित तरिकाले सम्पन्न गर्न मतदानपूर्व, मतदानको दिन र मतदानपछिको परिणाम घोषणा र विजय  र्‍यालीसम्मका लागि तीन चरणको सुरक्षा योजना बनाइएको छ । नेपाल प्रहरीबाहेक सशस्त्र प्रहरीको प्रहरी उपरीक्षकको कमाण्डमा एक निर्वाचन क्षेत्रमा एउटा टोली खटाइने र आवश्यक परे बढीमा २५ मिनेटभित्र नेपाली सेनाको टोली मतदानस्थलमा पुग्ने गरी सुरक्षा योजना बनाइएको छ ।

मतदान सम्पन्न भएपछि सुरक्षित तरिकाले मतपेटीका गणनास्थलसम्म पुर्‍याउने, मतगणनास्थल र मतगणना गर्ने कर्मचारी र उम्मेदवारको सुरक्षा र मतपरिणाम आएपछि दलले विजयी  र्‍यालीका लागि तेस्रो चरणको सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ घिमिरेले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  २ : ०९ बजे

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा