चुनौती र अवसरको रुपमा गोरखा : प्रचण्ड « Khabarhub

चुनौती र अवसरको रुपमा गोरखा : प्रचण्ड


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रुपमा लिएको बताएका छन् । बिहीबार गोरखा-काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गोरखा जिल्लाको इतिहास, राष्ट्रिय एकता, राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भूमिका उजागर पार्नुपर्ने चुनौती रहेकाले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रुपमा लिएको बताएका हुन् । 

उनले गोरखाली जनताले आफूलाई नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध गर्ने अवसर प्रदान गर्नेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे । अध्यक्ष दाहालले राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य रहेको बताए । उनले दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भएको अनुभूति दिलाउन र आर्थिक क्रान्तिको खाका कोर्न नसके राजनीतिक परिवर्तन दिगो नहुने धारणा राखे । उनले नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर जानसक्ने वातावरण जनताले गठबन्धनलाई मत दिएर मात्रै सम्भव रहेको दाबी गरे । उनले गोरखाको विकासको लागि सबै राजनीतिक दलहरू एकत्रित भएर काम गर्न आवश्यक रहेको बताए । त्यस्तै उनले आफूले गिरिजाप्रसादलाई राष्ट्रिय अभिभावकका रूपमा सम्मान गरेकाले शान्ति प्रक्रियाका दुई हस्ताक्षरकर्तामध्ये एक गिरिजा नभएको अवस्थामा कांग्रेसले आफ्नो महत्व बुझ्नुपर्ने तर्क गरे ।

कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताए । अध्यक्ष भट्टराईले ६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुम्यो भने अर्को पुस्तालाई लड्ने समय नहुने भएकाले आगामी निर्वाचनमा गठबन्धनलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पारे ।

त्यस्तै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले आवश्यकता अनुसार गुणात्मक फड्को मार्न नसकेको बताए । उनले समृद्धिको पक्षमा गुणात्मक हस्तक्षेप गरेर मात्रै जनतालाई समृद्धि दिन सकिने भन्दै अहिलेको सत्ता गठबन्धनले जनतालाई सुखी र समृद्ध बनाउने कार्यभार पूरा गर्नुपर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यसअघि गोरखामा कांग्रेस र माओवादीको प्रतिस्पर्धा हुने तर यसपटक प्रतिस्पर्धाविहीन भए पनि असाधारण मत संख्याले उम्मेदवारले विजय हासिल गर्यो भनेर पुष्टि गर्नुपर्ने चुनौती रहेको बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  २ : २९ बजे

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

एजेन्सी– पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २०

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा

पाल्पाबाट दालचिनी भारत निर्यात

तानसेन– चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-१ कमलपुर बस्ने

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

राँझा– यहाँस्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्न विभिन्न