प्रधान सेनापतिद्वारा पृतना र बाहिनीको निरीक्षण « Khabarhub

प्रधान सेनापतिद्वारा पृतना र बाहिनीको निरीक्षण


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्माले महोत्तरीको बर्दिवासस्थित मध्य पूर्वी पृतना हेडक्वाटर तथा बाराको जितपुरस्थित श्री नम्बर २८ बाहिनी अड्डाको निरीक्षण गरेका छन् ।

प्रधानसेनापति शर्माले नेपाली सेनाद्वारा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को सुरक्षार्थ सर्लाही जिल्लास्थित धनकौल इलाकामा स्थापना गरेको कम्पनी अपरेटिंग बेसको पनि निरीक्षण गर्नुका साथै उक्त इलाकाको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी लिएका छन् ।

निरीक्षण भ्रमणका दौरान उनले त्यहाँको वर्तमान अवस्था, जिम्मेवारी इलाका, प्रदेशहरुसँगको समन्वयलगायत आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको एकीकृत सुरक्षा योजना तथा बाहिनी अड्डाको वस्तुस्थितिका बारेमा जानकारी लिइ आवश्यक निर्देशन दिएका थिए ।

सोही क्रममा प्रधानसेनापति शर्माले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरु उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका थिए । निरीक्षणमा रक्षा सचिव किरणराज शर्मा, गृह सचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाको सहभागिता थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  १० : १० बजे

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ