नक्कली करारनामा बनाइ ठगी गर्ने पक्राउ « Khabarhub

नक्कली करारनामा बनाइ ठगी गर्ने पक्राउ


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- नेपाल प्रहरीले नक्कली करारनामा बनाइ रु चार करोड ५० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली करारनामा बनाइ रु चार करोड ५० लाख ठगी गर्ने पर्सा वीरगञ्ज महानगरपालिका–१७ का ३६ वर्षीय नौसद अन्सारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

अन्सारीले काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाइ ठगी गरेकाले पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अन्सारीले उक्त करारनामा घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँ र कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गराइ होटलमा लगानी गर्नका लागि भन्दै पटकपटक गरी रकम लिएर ठगी गरेकोले वीरगञ्जबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  १० : १७ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना