पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया नकआउट चरणमा | Khabarhub Khabarhub

पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया नकआउट चरणमा


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोर्चुगललाई २-१ गोल अन्तरले पराजित गर्दै दक्षिण कोरिया कतार फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

कतारको एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको खेलमा दक्षिण कोरियाले पोर्चुगलमाथि पुनरागमन जित निकालेको हो। सुरुआती अग्रता पोर्चुगलले बनाएको थियो।

खेलको पाँचौं मिनेटमा पोर्चुगलका लागि रिकार्डो होर्टाले गोल गरेका थिए। खेलको २७ औं मिनेटमा किम योङ जीओनले खेललाई बराबरीमा फर्काए।

खेलको इन्जुरी समयमा ह्वाङ हि चानले गोल गर्दै कोरियालाई २–१ को जित दिलाएका हुन्। जितसँगै कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।

कोरियासँग पराजित पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ। पोर्चुगलले ३ खेलमा ६ अंक जोडेको छ भने कोरियाले ३ खेलमा ४ अंक जोडेको छ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ६ : २२ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको