स्याङ्जा–२ : सङ्घ र प्रदेश दुवैमा कांग्रेसको अग्रता « Khabarhub

स्याङ्जा–२ : सङ्घ र प्रदेश दुवैमा कांग्रेसको अग्रता


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ ।

प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङको अग्रता कायम छ । गुरुङ नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार दुई सय १३ मतले अगाडि छन् । बिहानसम्मको गणनाअनुसार गुरुङले २२ हजार चार सय ८० मत प्राप्त गर्दा अर्यालले २० हजार दुई सय ६७ मत ल्याएकी छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार दुई सय ३८ मत ल्याएका छन् । हालसम्म स्याङ्जाको गल्याङ नगरपालिकाका १०, भिरकोट नगरपालिकाका ५, वालिङ नगरपालिकाको १२ तथा कालीगण्डकी गाउँपालिकाका ७ गरी ३४ वडाको मगतणना सकिएको छ । अहिले गल्याङ नगरपालिकाको ११ नं वडाको मतगणना जारी रहेको छ । चापाकोट नगरपालिकाका १० वटा वडाको गणना बाँकी रहेको छ ।

त्यसैगरी स्याङ्जा क्षेत्र नं २ (२) मा कांग्रेसका उम्मेदवार महेश भट्टराईले अग्रता लिएका छन्। गणना सुरु भएदेखि नै पछाडि परेका भट्टराईले गल्याङ नगरपालिकाको गणना गरेपछि अग्रता लिएका हुन् । गल्याङ नगरपालिकाको १० नं वडासम्मको गणना सकिँदा भट्टराई एक सय ४२ मतान्तरसहित अगाडि छन् । भट्टराईले दश हजार दुई सय ६१ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले दश हजार एक सय १९ मत ल्याएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ८ : २६ बजे

रामहरि खतिवडाद्वारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वकेन्द्रीय सदस्य रामहरि खतिवडाले

टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा

तीन पदका लागि कांग्रेस उपसभापतिमा ६ जनाको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मंगलबार

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको