बार्सिलोनाका टोरेस र पेड्रीलाई कोरोना संक्रमण « Khabarhub

बार्सिलोनाका टोरेस र पेड्रीलाई कोरोना संक्रमण


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी)– स्पेनिस ला लिगा क्लब बार्सिलोनाका फेरान टोरेस र पेड्रीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट सरुवा भएका फेरान टोरेस र मिडफिल्डर पेड्री छन् । दुवै स्पेनिस राष्ट्रिय टोलीका सदस्य हुन् ।

ला लिगाअन्तर्गत शनिबार रियाल मायोर्काविरुद्ध १–० को जित निकाल्दा बार्सिलोनाका १७ खेलाडी उपलब्ध थिएनन् । पछिल्लो समय क्याटलान क्लबमा १० जना कोभिड संक्रमित छन् ।

बार्सिलोनाले जारी विज्ञप्तिमा दुबै खेलाडीको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा बसिसकेको उल्लेख गरेको छ । बार्सिलोनाले बुधबार कोपा डेल रे अन्तर्गत लिनारेस र ला लिगाअन्तर्गत शनिबार ग्रानाडाविरुद्ध मैदान उत्रँदै छ ।

लिगमा १९ खेलबाट ३१ अंक जोडेको बार्सिलोना पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १ : ०० बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी