स्वास्थ्य शिविर चलाउँदै निर्माता मधुकुमार « Khabarhub

स्वास्थ्य शिविर चलाउँदै निर्माता मधुकुमार


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म निर्माता मधुकुमार श्रेष्ठ पछिल्लो समयमा फिल्म निर्माणमा कम सक्रिय छन् । अहिले उनी सामाजिक गतिविधिमा आफूलाई सक्रिय बनाइरहेका छन् ।

श्रेष्ठ विगत एक सातादेखि धादिङको गल्छी, थाक्र गाउँपालिका, धुनिबेशी नगरपालिकालगायत विभिन्न स्थानमा स्वास्थ्य टोलीसहित शिविर अभियानमा छन् । उनको टोली जनताको घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिइरहेको छ ।

‘कोरोनाको डरको कारण अहिले मानिसहरु अस्पताल जान डराएर रोग लुकाउदै घरमै बस्न बाध्य छन् । त्यस्तो अवस्थामा स्वास्थ्य शिविर राम्रो हुने देखेर स्वास्थ्य टोली सहित धादिङ आएको हो’ श्रेष्ठले भने ‘केही दिनको लागि भनेर आएको एकसाता भइसक्यो । एक, दुई गर्दै अहिले धादिङका धेरै गाउँमा शिविर आयोजना भइसकेको छ ।’ शिविरमा स्वास्थ्य परिक्षणको अलवा औषधि समेत निःशुल्क वितरण गर्दै आएको श्रेष्ठले बताए ।

उनले शिविरमा कोभिड टेष्टसमेत गर्ने गरेको बताए । स्वास्थ्य परिक्षणको क्रममा गम्भिर रोग देखिएकालाई अस्पताल पुर्याएर उपचार खर्च समेत दिइरहेको दाबी गरे । उनको टोलीले बिहिबारसम्म यो अभियान अन्तर्गत करिव १२ सय बढीको स्वास्थ्य परिक्षण गरिसकेको छ ।

उनले आफू नयाँ फिल्म निर्माणको तयारीमा भइरहँदा कोभिड महामारी आएपछि त्यो पैसालाई सामाजिक सेवामा खर्च गरेको खुलाए ।

कोरोनाको पहिलो लहर र दोस्रो लहरको समयमा पनि अक्सिजन, स्वास्थ्य सामाग्री, खाध्यान्न राहात लगायतको सहयोग सर्वसाधरका लागि दिएका श्रेष्ठले आफ्नो गाडी समेत एम्बुलेन्स सेवाको रुपमा प्रयोग गरेका थिए ।

श्रेष्ठले ‘बजार’, ‘विन्दास’, ‘स्काउट’, ‘विन्दश २’ लगायत फिल्म बनाएका छन् । नेपाल फिल्म सोसाइटीमा समेत आवद्ध श्रेष्ठको आफ्नो संयोजनमा बिगत ५ बर्षदेखि अमेरिकामा नियमित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ गर्दै आएका छन् ।

श्रेष्ठले कोरोनाको पहिलो लहरदेखि अहिलेसम्म करिव ६४ लाख बढी समाजसेवाम खर्च गरेको जानकारी दिए ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १२ : ०४ बजे

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस