एमसीसीले उत्पन्न दुर्घटना टर्‍यो, सत्ता गठबन्धन जोगियो’ « Khabarhub

एमसीसीले उत्पन्न दुर्घटना टर्‍यो, सत्ता गठबन्धन जोगियो’

माओवादी बैठकमा रक्षात्मक प्रचण्ड, आफ्नै निर्णयको बचाउ


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीको समर्थन गर्ने आफ्नो निर्णयको बचाउँ गर्दै एमसीसीको समर्थन गरेसँगै देशमा दुर्घटना टरेको र सत्तारुढ गठबन्धन सुरक्षित बनेको बताएका छन्।

माओवादी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीमा आफ्नो कुशल निर्णयले गर्दा मुलुकमा आइलागेको दुर्घटना पनि टरेको र गठबन्धन चुनावसम्मै लैजान सफल भएको दाबी गरेका छन् । उनको आफ्नो सही निर्णयले नेपालको राजनीतिले नै नयाँ कोर्स समातेको पनि दाबी गरे।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले खबरहबलाई दिएको जानकारी अनुसार प्रचण्डले माओवादीले एमसीसीमा समर्थन गरेसँगै मुलुक अन्योल र प्रतिगमनतिर फर्कने खतरा टरेको बताउँदै संविधानको, लोकतन्त्रको र राष्ट्रियताको रक्षाका आफूले एमसीसीमा समर्थन गर्ने निर्णय गरेको दाबी गरे ।

प्रचण्डले संकल्प प्रस्तावसमेत पारित गर्दै देशको राष्ट्रियतालाई कहिँ कतै आँच नपुर्‍याउने गरी एमसीसी पारित भइसकेकाले अब यो विषयमा रुमलिनु ठिक नभएको समेत दाबी गरे।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ३ : ४६ बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा