मैत्रीपूर्ण अभ्यासमा नेपाल ओमानसँग पराजित « Khabarhub

मैत्रीपूर्ण अभ्यासमा नेपाल ओमानसँग पराजित


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण अभ्यास खेलमा ओमानसँग पराजित भएको छ ।

कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार राति भएको खेलमा नेपाल ओमानसँग २–० गोल अन्तरले पराजित भएको हो ।

ओमानको जितमा ओमार अल मलिकी र इशाम अल सुभीले एक-एक गोल गरे । एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको नेपालले तेस्रो अभ्यास खेलमा ओमानसँग खेलेको थियो ।

यसअघि नेपालले मैत्रीपूर्णमा टिमोर लिस्टेको यू–२३ टोलीसँग २–२ गोलको बराबरी खेलेको थियो । यस्तै श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो । नेपाली टोली कतारमा थप तयारी गरेर छनोटका लागि कुवेत जाने छ । छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली एसियन कप २०२३ मा छनोट हुने छन् ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ८ : ०९ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक