बूढानीलकण्ठ फोहर व्यवस्थापन समिति गठन « Khabarhub

बूढानीलकण्ठ फोहर व्यवस्थापन समिति गठन


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बूढानीलकण्ठ नगरपालिका–१० नीलोपुल प्रगतिनगरको विकासका लागि समाजसेवी विद्या सुवेदी ज्ञवालीका संयोजकत्वमा नौसदस्यीय टोल सुधार तदर्थ समिति गठन गरिएको छ । फोहर व्यवस्थापन र वातावरण संरक्षण लगायतका काम गर्न सो समिति गठन गरिएको हो ।

टोलबासीको आज बिहान भएको भेलाले समितिका सदस्यमा आङ्निमा शेर्पा, सुमन उप्रेती, राजन रिमाल, अविनारायण श्रेष्ठ, हरिबहादुर गुरुङ, हिमाल गुरुङ, लक्ष्मी अधिकारी र ममता पोखरेललाई चयन गरेको छ ।

रुबी टेलरिङ, राई ग्यास पसल र खनाल मेडिकलभित्र तथा धोबीखोला करिडोर उत्तर क्षेत्र समेटिएको नयाँ टोल सुधार समितिले आगामी असार मसान्त अगावै अर्को भेला बोलाई रामजी खड्का नेतृत्वको पुरानो समितिलाई आफ्नो प्रगति विवरण र हरहिसाब पेस गर्न लगाउने छ । समितिले शान्तिसुरक्षा, फोहर व्यवस्थापन र वातावरण संरक्षण, बाटो सुधार, बिजुलीबत्ती जडान आदि कार्य गर्नाका साथै नगरपालिकाको योजनामा आफ्ना सुझाव पेस गर्ने संयोजक ज्ञवालीले जानकारी दिए।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ११ : ३० बजे

संसद् बैठक बोलाउन सभामुखसँग छलफल गर्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसद्को बैठक आह्वान गर्न सभामुखसँग

नीताले बाचाअनुसार अर्थमन्त्रीलाई दिइन् ‘पार्वती’को पहिलो दिनको कमाइ

काठमाडौं – नायिका तथा निर्देशक नीता ढुंगानाले बाचाअनुसार फिल्म ‘पार्वती’को

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि ४१ लाख

भोटेकोशी बाढीपछि शव खोजी र उद्धारमा सेना, ड्रोन र रबरबोटसहित ४३६ जना खटिए

चितवन– भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ

फ्लप बन्यो प्रियंकाको ‘कपी’ फिल्म ‘मास्टर्नी’

काठमाडौं – नायिका प्रियंका कार्कीको होम प्रोडक्सनमा बनेको पहिलो फिल्म