यार्सा टिप्‍न जाँदा लेक लागेर दुई जनाको मृत्यु « Khabarhub

यार्सा टिप्‍न जाँदा लेक लागेर दुई जनाको मृत्यु


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा सङ्‍कलन क्षेत्रमा लेक लागेर दुई दिनको अन्तरालमा दुई जनाको मृत्यु भएको छ ।  मुगम कार्मारोङ गाउँपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङको शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो ।उनी मङ्ंग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालयमा कक्षा– ९ मा अध्ययनरत थिए ।  पैसा कमाउन अध्ययन छाडेर टाके पाटन क्षेत्रमा उनी यार्सा टिप्‍न गएका थिए । 

तर, लेक लागेर सिकिस्त बिरामी भएका थिए । उनलाई बोकेर घरतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा मुत्यु भउको मुगुम कार्मारोङ गाउँपालिका– ७ का वडा अध्यक्ष शशांक लामाले जानकारी दिए । उनका अनुसार यसअघि बुधबार राजबहादुर सिंहको पनी लेक लागेर मृत्यु भएको थियो ।  उनी यार्सा सङ्‍कलकको सुरक्षार्थ खटिएका जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत प्रहरी हवल्दार हुन् । उनलाई कोइकी पाटनमा लेक लागेको थियो । 

लेक लागेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी उनलाई कोहलपुर शिक्षण अस्पतालमा पुर्‍याइएको थियो । उनको त्यहाँ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले बताए । यार्सा टिप्‍न जाँदा ‘हाईअल्टिच्युड’ का कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथा औषधी उपचार नहुँदा वर्षेनी अकालमा धेरै सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । 

यार्सा टिप्‍न भन्दै ज्यानको बाजी थापेर समुद्री सतहदेखि करिब ४५ सयदेखि ५५ मिटर उचाइको हिमरेखा क्षेत्रमा सर्वसाधारण यार्सा सङ्‍कलन गर्न जाने गरेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  १ : २२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु