कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु हुँदै | Khabarhub Khabarhub

कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु हुँदै


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत्गृहबाट उत्पादित विद्युत् आज राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो ।

प्राधिकरणले विद्युत् भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स) मा बिहीबारदेखि त्रिशूली र देवीघाट जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रुपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको छ । कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७ दशमलब ७ मेगावाट विद्युत् भारत निर्यात गर्नेछ । कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३ दशमलब २ मेगावाट र देवीघाटको १४ दशमलब ५ मेगावाट विद्युत् भारत निर्यात हुनेछ ।

वर्षासँगै नदीनालामा पानीको बहाव बढेर विद्युत्गृह पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिकरुपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज रातिदेखि निर्यात हुने विद्युत्को औसत बिक्री मूल्य प्रतियुनिट ११ दशमलब २ रुपैयाँ (७ भारु) रहेको बताए । “अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २ दशमलब ३८ रुपैयाँ (१ दशमलब ४९ भारु) र औसत दर ११ दशमलब २ रुपैयाँ (७ भारु) छ”, घिसिङले भने ।

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरकफरक हुने गरेको छ । प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विद्युत्को अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमश भारु १२ (१९ दशमलब २ नेरु) र २ दशमलब ४९ (३ दशमलब ९८ नेरु) छ । त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६ दशमलब ७२ (१० दशमलब ७६ नेरु) छ ।

यसैगरी, शनिबार प्राधिकरणले अधिकतम प्रतियुनिट मूल्य १९ दशमलब २ रुपैयाँ (१२ भारु) र न्यूनतम ४ दशमलब ०८ रुपैयाँ (२ दशमलब ५५ भारु) मा विद्युत् बिक्री गरेको छ । औसतम मूल्य ११ दशमलब ४८ रुपैयाँ (७ दशमलब १८ भारु) रहेको छ । नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेञ्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत् बिक्री गर्न अनुमति पाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ९ : ३२ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही