समीक्षा : भव्यतामा फसेको 'जुगजुग जियो’ | Khabarhub Khabarhub

समीक्षा : भव्यतामा फसेको ‘जुगजुग जियो’



करण जोहर बलिउडमा फ्यामिली ड्रामा बनाउन माहिर निर्माता निर्देशक मानिन्छन्। उनले आफूलाई लभ स्टोरी र फ्यामिली ड्रामामार्फत् नै स्थापित पनि गरेका हुन्। यिनै करणले सन् २०१९ मा राज मेहतालाई गुड न्युज फिल्ममार्फत ब्रेक दिए। यिनै राजले निर्देशन गरेको दोस्रो फिल्म ‘जुगजुग जियो’ प्रदर्शन भइरहेको छ। फिल्म एक परिवारको कथामा छ।

विवाहलाई तीन जेनेरेशनको माध्यमबाट देखाइएको छ। विवाह, सम्बन्ध र त्यसको प्रभावलाई फिल्ममा निर्देशक मेहताले समेटेका छन्। फिल्ममा वैवाहिक जीवनको वास्तविक अर्थ के हो ? विवाह गर्दा हेरेर गर्ने कि रोजेर गर्ने भन्ने जस्ता कौतुहलतासँगै त्यसको समाधान देखाउन खोजिएको छ। फिल्ममा अनिल कपूर (भीम साइनी) , नीतु कपूर (गीता साइनी), वरुण धवन (कुकू साइनी), कियारा अड्वानी (नैना शर्मा), मनिष पौल (गुरप्रीत शर्मा), प्राजक्ता कोली (गिन्नी साइनी) लगायतको अभिनय रहेको छ। फिल्मको कथा यिनकै आसपासमा छ।

विवाहलाई तीन जेनेरेशनको माध्यमबाट देखाइएको छ। विवाह, सम्बन्ध र त्यसको प्रभावलाई फिल्ममा निर्देशक मेहताले समेटेका छन्।

फिल्ममा भीम र गीता विवाहित छन्। उनको छोरा कुकूले नैनासँग स्कुले जीवनमै प्रेम गर्छन्। यी दुईको ठूलो भएपछि विवाह हुन्छ। त्यसपछि लाइफ सेटल गर्न क्यानडा पुग्छन्। यिनको बहिनी गिन्नीको विवाहको तयारी छ। उनले प्रेम गर्ने प्रेमी गायक हुन्।

उनीसँग लाइफ सेटलको ग्यारेन्टी छैन। बुवा र आमासँगै दाइ र भाउजूलाई देखेर गिन्नीले पारिवारिक सहमतिमै विवाह गर्ने तयारी गर्छिन्। यद्दपी गिन्नीले सोचे जस्तो अन्यको जीवन छैन। भीम आफ्नी पत्नी गीतासँग अब बस्ने मुडमा छैनन्। उनले सम्बन्ध विच्छेद गरेर एक शिक्षिकासँग जीवन बिताउने सोच बनाएका छन्। यता उनको छोरा कुकू पनि क्यानडामा बाल्यकालदेखि कै प्रेमी नैनासँग विवाह पश्चात पनि खुशी छैनन्। विवाहको पाँच वर्ष पश्चात नै उनले जीवनलाई बुझ्ने तरिकामा फरक पना आइसकेको छ।

दुई सँगै त छन्। तर, जीवनसँगै बिताउने पक्षमा छैनन्। क्यानडामा बाउन्सरका रूपमा काम गर्ने कुकू र मानव संशाधन विभागको उच्च पदमा काम गर्ने नैनाको विवाह सम्बन्ध विच्छेदको अवस्थासम्म पुगेता पनि बहिनी गिन्नीको विवाहसम्म उनीहरु सँगै रहन तयार छन्। गिन्नीको विवाह पश्चात दुवै आफ्नो परिवारलाई सम्बन्ध विच्छेदको कठिन निर्णयबारे बताउन चाहन्छन्। उनीहरु विवाहमा सहभागी हुन पञ्जाबमा पुग्छन। त्यहाँ आफ्नो डिभोर्सको बारेमा भन्ने तयारीमा रहेका कुकूले बुवाले आमालाई डिभोर्स दिन चाहेको थाहा पाएपछि कथामा ट्वीस्ट आउछ। यी सबै कठिनाइका बीचमा सबै पात्रले एक अर्काको विवाहको वास्तविकता थाहा पाएपछि परिवारमा खटपट सुरु हुन्छ। समाज र संसारका लागि आदर्श लाग्ने वैवाहिक सम्बन्धको अन्त्य नजिक रहेको सबैले चाल पाउछन्।

क्यानडामा बाउन्सरका रूपमा काम गर्ने कुकू र मानव संशाधन विभागको उच्च पदमा काम गर्ने नैनाको विवाह सम्बन्ध विच्छेदको अवस्थासम्म पुगेता पनि बहिनी गिन्नीको विवाहसम्म उनीहरु सँगै रहन तयार छन्।

बुवाको समस्यालाई समधान गर्न कुकू आफ्नो जेठान तथा मित्र गुरप्रीतसँग बसेर केही आइडिया ननिकाल्ने पनि हैन। तर, त्यसले काम गर्दैन। किनकी भीमले साथ चाहेका हुन्छन्। जुन गीताले दिन सकेकी हुन्नन्। डिभोर्स लिन तयार भीमले पनि आफ्नो छोरा र बुहारीको सम्बन्ध टुटन नदिने रणनीति बनाउछन्। यता, कुकू र नैनाको पनि भीम र गीता नछुटुन भन्ने तयारीमा छन्। उनीहरु आफ्नो अभिभावकलाई बचाउन एक भएका छन्। तर, आफूहरु साथ् रहने पक्षमा छैनन्।

के भीम आफ्नो शिक्षिका प्रेमिका कहाँ जान्छन् ? के गिन्नी आफ्नो परिवारका सदस्यलाई आफ्नो प्रेमबारे बताउन सक्छिन् ? के कुकू र नैनाले डिभोर्स गर्छन ? यही सेरोफेरोमा घुमेको छ, ‘जुग जुग जियो’। फिल्मको केन्द्रीय द्वन्द्व नै यही हो। वर्षौंदेखि बलिउडमा विवाह र सम्बन्ध विच्छेदजस्ता सामाजिक विषयलाई लिएर फिल्महरु तयार भएका छन्। करणले नै कभी खुशी कभी गम, कभी अलविदा ना केहना जस्ता फिल्म बनाएका छन्। यद्दपि यसपटक उनको द्वन्द्वसँग दर्शक जोडिएका छैनन्। सतही भावका लागि फिल्म राम्रो होला तर यसले बाध्न सक्दैन।

वर्षौंदेखि बलिउडमा विवाह र सम्बन्ध विच्छेदजस्ता सामाजिक विषयलाई लिएर फिल्महरु तयार भएका छन्। करणले नै कभी खुशी कभी गम, कभी अलविदा ना केहना जस्ता फिल्म बनाएका छन्।

फिल्मको पात्रसँग दर्शक जोडिन नसक्दा फिल्मको कथा हेर्ने मात्र काम हुन्छ। त्यसलाई दर्शकले महसुस गर्न सक्दैनन्। फिल्ममा अनिल र नीतुले गरेको अभिनय जीवन्त छ, यद्दपि अन्यले त्यो प्रभाव छाड्न सकेका छैनन्। करणकै फ्यामिली ड्रामा तथा निर्देशक मेहताकै अघिल्लो फिल्म ‘गुड न्युज’ को तुलनामा यो निकै कमजोर फिल्म हो।

फिल्मलाई पञ्जाबको सेटअपमा तयार गरिएको छ। फिल्मलाई भव्य बनाइएको छ। तर त्यसले आँखालाई मात्र शितलता दिन्छ। त्यो मनसम्म पुग्दैन। किनकी फिल्मको पात्रसँग दर्शक कनेक्ट छैनन्। कारण पुरानै शैलीको कथा, अति कमजोर पटकथा, पात्रमा बाच्न नसकेका कलाकार नै हुन्। फिल्मको कथा नै २/३ दशक अगाडि बन्ने फिल्मको झैँ छ।

साथै, पटकथा निकै कमजोर छ। विरामीले मेडिसिन लिए झैँ कमेडी, गीत र डायलग नापेर हालिएको छ। यसले दर्शकलाई कनेक्ट गर्दैन। उही शैलीमा अगाडि बढ्ने पटकथाले दर्शकलाई मोबाइल चलाउने, पपकर्न र कफी किन्ने प्रशस्त समय दिन्छ। किनकी त्यसवापत छुटाउने फिल्ममा केही छैन। क्लाइमेक्सलाई केही फरक बनाउन खोजिएको छ। तर, त्यो पर्याप्त छैन। किनकी नयाँपन छैन। दर्शकले फिल्म सुरु भएको १५ मिनेटमै कथा सहजै अनुमान गर्न सक्छन्। बाँकी फिल्म भव्य विवाहका लागि मात्र हेरिन्छ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ८ : ११ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका