विश्व इतिहासमा आज : बोर्डन दम्पतीको हत्यादेखि मंगल ग्रहको मिसनसम्म « Khabarhub

विश्व इतिहासमा आज : बोर्डन दम्पतीको हत्यादेखि मंगल ग्रहको मिसनसम्म


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन १९ गत बिहीबार । सन् २०२२ को अगस्ट ४ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।

सन् २००७ अगस्ट ४ मा नासाले मंगल ग्रहको मिसनअन्तर्गत फोनिक्स स्पेसक्राफ्ट प्रक्षपण गरेको थियो । सो स्पेसक्राफ्ट मंगल ग्रहको उत्तरी ध्रुवीय क्षेत्रमा सन् २००८ मे २५ मा अवतरण भएको थियो ।

सन् १९८८ अगस्ट ४ मा संयुक्त राज्य अमेरिकाका सेनेटले दोस्रो युद्धमा स्वयम सेवा गरेका हरेक जापानी–अमेरिकनलाई क्षतिपूर्ति र माफीस्वरुप २० हजार अमेरिकी डलर प्रदान गर्ने निर्णय गरे ।

सन् १९८४ अगस्ट ४ मा अपर भोल्टा गणतन्त्रलाई बुर्किना फासोमा नामाकरण गरियो । पश्चिमी अफ्रिकन मुलुक भोल्टा सन् १९५८ मा निर्माण भएको थियो । सन् १९५८ देखि १९८३ सम्म सो राष्ट्रमा राजनैतिक परिवेशमा कयौँ कु भए । सन् १९८३ मा भएको सैनिय कुमार्फत कप्तान थोमस सन्कारा राष्ट्रपतिमा नियुक्त भए । यसपश्चात सोहि कुको वार्षिकत्सवमा सन्काराले भोल्टालाई बुर्किनो फासो नामाकरण गरे ।

सन् १९७९ अगस्ट ४ मा राष्ट्रपति जिमी कार्टरले उर्जा विभागको स्थापना गरे ।

सन् १९७२ अगस्ट ४ मा अलबामाका गर्भनर जर्ज वालेसलाई गोली हानेको सन्दर्भमा दोषी ठहर भएका आर्थर ब्रेमरलाई ६३ वर्षको सजाय सुनाइयो । पछि सो सजायलाई ५३ वर्षमा घटाइएको थियो ।

सन् १९७१ अगस्ट ४ मा संयुक्त राज्य अमेरिकाले स्पेस्टक्राफ्ट एपोलो १५ मार्फत पहिलो पटक उपग्रह लुनार कक्षमा प्रक्षेपण गरे ।

सन् १९४१ अगस्ट ४ मा संयुक्त राज्य अमेरिकाको ४४ औँ राष्ट्रपति बाराक ओबामाको जन्म भएको थियो । उनको जन्म हवाईको होनुलुलुमा भएको थियो ।

सन् १९४४ अगस्ट ४ मा लुकिरहेकी एनी फ्रान्क र उनको परिवारलाई पक्राउ गरे । २० औँ शताब्दीको एक प्रसिद्ध किशोरी फ्रान्क होलोकौस्टका पीडित थिइन् । एक्स्टर्डममा लुकेर बसेका १४ वर्षीया फ्रान्क र उनका परिवारलाई जर्मनहरुले फेला पारे ।

सन् १९१४ अगस्ट ४ मा बेलायतले जर्मनीमाथि युद्ध घोषणा गर्‍यो । यो घोषणालाई पहिलो विश्व युद्धको पहिलो सुरुवात हुनुको कारण पनि मानिन्थ्यो । जर्मनीले बेल्जियम छोड्ने निर्णयलाई अस्वीकार गरेसँगै बेलायतले युद्धको घोषणा गरेका थिए ।

सन् १८९२ अगस्ट ४ मा एन्ड्रयु र एबी बोर्डनको हत्या भएको थियो । संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्सस्थित फल रिभरमा भएको उनीहरुको घरमा नै भएको हत्याले सर्वसाधारण तथा सञ्चारकर्मीको हत्या भएको थियो । सो दम्पतीको छोरी लिज्जी बोर्डनलाई हत्याको अभियुक्त मानिएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ६ : १७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले