इनारभित्र ज्येष्ठ नागरिकको शव भेटियो « Khabarhub

इनारभित्र ज्येष्ठ नागरिकको शव भेटियो


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको कटारी नगरपालिका-४ तित्रीबोटमा एक जना ज्येष्ठ नागरिकको शव इनारभित्र फेला परेको छ।

कटारी नगरपालिका-४ तित्रीबोटका ७० वर्षीय पन्चसिंह दनुवारको शव इनारभित्र फेला परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। परिवारकै सदस्यले इनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थियो।

घटनास्थल पुगेर शव निकालेर पोस्टमार्टमका लागि कटारी अस्पताल लगिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी  मानबहादुर राईले  राईले बताए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए। ‘ कसरी घटना भयो अनुसन्धान गरिरहेका छौँ ’, डिएसपी राईले भने।

घटना लगत्तै सशस्त्र प्रहरी वेस क्याम्प कटारीका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र बस्नेतलगायतका प्रहरीको टोलीले शव इनारबाट निकालेको थियो।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ७ : १० बजे

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख