इनारभित्र ज्येष्ठ नागरिकको शव भेटियो « Khabarhub

इनारभित्र ज्येष्ठ नागरिकको शव भेटियो


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको कटारी नगरपालिका-४ तित्रीबोटमा एक जना ज्येष्ठ नागरिकको शव इनारभित्र फेला परेको छ।

कटारी नगरपालिका-४ तित्रीबोटका ७० वर्षीय पन्चसिंह दनुवारको शव इनारभित्र फेला परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। परिवारकै सदस्यले इनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थियो।

घटनास्थल पुगेर शव निकालेर पोस्टमार्टमका लागि कटारी अस्पताल लगिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी  मानबहादुर राईले  राईले बताए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए। ‘ कसरी घटना भयो अनुसन्धान गरिरहेका छौँ ’, डिएसपी राईले भने।

घटना लगत्तै सशस्त्र प्रहरी वेस क्याम्प कटारीका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र बस्नेतलगायतका प्रहरीको टोलीले शव इनारबाट निकालेको थियो।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ७ : १० बजे

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 

काठमाडौं– कालिमाटीमा भक्तपुरबाट ल्याएको रायोको सागमा अत्यधिक विषादी देखिएको छ

पहिराले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात

पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

खलङ्गा– दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा  सडक अनुशासन पालना नगर्ने

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट

काभ्रेपलाञ्चोक– काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा