विष्फोटक ब्याटर सूर्यकुमारको शिखर यात्रा | Khabarhub Khabarhub

आइसीसी वरियता

विष्फोटक ब्याटर सूर्यकुमारको शिखर यात्रा

आइपीएलबाट चम्किएका एक विष्फोटक ब्याटरको सफल संघर्ष कथा



काठमाडौँ : भारतका विष्फोटक ब्याटर सुर्यकुमार यादव ‘स्काई’ आइसीसी बरियतामा पहिलोपटक शिखर यात्राको नजिक पुगेका छन् । आइपीएलबाट चम्किएका मुम्बई इण्डियन्सका विष्फोटक ब्याटर सूर्यकुमार यादव पहिलोपटक टी–ट्वान्टी क्रिकेटको ब्याटिङतर्फ दोस्रो स्थानमा उक्लिएका हुन् ।

उनी अबको केही दिनमा लगभग शीर्ष स्थान कब्जा गर्ने लक्ष्य नजिक छन् । दोस्रो स्थानमा रहेका उनको रेटिङ अंक ८१६ छ भने शीर्ष स्थानमा रहेका बाबर अजामको ८१८ अंक छ ।
मात्र दुई अंक पाएमा स्काई टी–ट्वान्टी क्रिकेटको उत्कृष्ट ब्याटर हुनेछन् । अहिले वेष्ट इण्डिज टूरमा भारतले तीन खेल खेलेको छ । अझै दुई वटा टी–ट्वान्टी बाँकी छन् ।

दुईमध्ये एउटा टी–ट्वान्टीमा मात्रै पनि स्काईले अर्धशतक बनाए वा टिमलाई जिताउन निर्णायक ब्याटिङ गरेको खण्डमा स्काईले टी–ट्वान्टी बरियताको शिखर चुम्नेछन् । र, यो सूर्यकुमारका लागि सम्भव मात्रै होइन, निश्चित पनि हो । किनकी ठीक यो समयमा बाबरको कुनै पनि अन्तर्राष्ट्रिय टी–ट्वान्टी खेल्ने तालिका छैन ।

पाकिस्तान क्रिकेट टिमका कप्तान अजाम श्रीलंका टूरपछि केही समयमा नेदरल्याण्ड्सँग तीन वटा एकदिवसीय सिरिज खेल्नेछन् । उनले अर्को टी–ट्वान्टी खेल्नसम्म भारतका विष्फोेटक ब्याटर सूर्यकुमारले उनलाई उछिनिसकेका हुनेछन् । सूर्यकुमारले त्यो सफलता हात पार्दा बाबरको एउटा ठूलो सपना भने तुहिनेछ ।

त्यो भनेको क्रिकेटका तीन वटै संरचनामा नम्बर १ ब्याटर बन्ने बाबरको सपना सपनामै सीमित हुनेछ । बाबर अहिले टी–ट्वान्टी र एकदिवसीयतर्फ नम्बर १ ब्याटर हुन् । उनी टेस्टतर्फ भने तेस्रो नम्बरमा छन् ।

उनी टेस्टमा नम्बर १ ब्याटर बन्नसम्म टी–ट्वान्टी बरियतामा भने शीर्ष स्थान गुमाउने निश्चित जस्तै छ । बाबरको अब एकदिवसीयसँगै टेस्टमा पनि नम्बर १ ब्याटर बन्ने सम्भावना बलियो मात्रै हुनेछ ।

चम्किदो ब्याटमा उदाउँदो भविष्य
सूर्यकुमार आइपीएलका सफल ब्याटर हुन् । त्यो पनि खासगरि मुम्बई इण्डियन्समा । रोहित शर्माको कप्तानीमा मुम्बई इण्डियन्सले पाँच पटक आइपीएल जित्दा टिमका चम्किदा ब्याटर सूर्यकुमार नै हुन्थे ।

तर उनी धेरै समयसम्म भारतीय टिममा परेनन् । अहिले विराट कोहली आफैँ फर्ममा नहुँदा र केएल राहुलजस्ता खेलाडी चोटका कारण टिमबाहिर हुँदा सुर्यकुमार टिममा परेर आइसीसी बरियतामा शीर्ष स्थानतर्फ उक्लिन सफल भएका हुन् ।

सूर्यकुमारको उदाँउदो करियरमा भारतले यतिबेला वेष्ट इण्डिजसँग पाँच खेलको टी–ट्वान्टी सिरिज खेलिरहेको छ । जसमा भारत तीन खेल सकिदा २–१ ले अगाडि छ । तीन वटै खेलमा सूर्यकुमारको ब्याटिङ महत्वपूर्ण छ ।

पहिलो खेलमा सुर्यकुमारले २४ रन बनाए । दोस्रोमा ११ रन जोड्दो तेस्रो टी–ट्वान्टी भारतलाई जिताउन सुर्यकुमारले ७६ रनको योगदान दिएका थिए ।

पहिलो खेल भारतले जित्दा दोस्रो खेल वेष्ट इण्डिजले आफ्नो पक्षमा पारेको थियो । तेस्रो खेलमा सुर्यकुमारले विष्फोटक ब्याटिङ गर्दा नै भारतको जित सम्भव भएको थियो ।

वेष्ट इण्डिज टूरमा सुर्यकुमार कप्तान रोहित शर्मासँगै ओपनिङमा ब्याटिङ गरिरहेका छन् । जसमा उनी सफल मात्रै होइन, आइसीसीकै माथिल्लो बरियतामा उक्लिन सफल भएका छन् ।

सूर्यकुमारको त्यो उत्कृष्ट सट

तेस्रो टी–२० खेलमा भारतीय टोलीले ब्याटिङ गर्दा केन्द्रमा सूर्यकुमार रहे । सुर्यकुमार यादव र कप्तान रोहित शर्माले ओपनिङ गरेका थिए । खेलको १ ओभर ३ बलमा अल्जारी जोसेफको बलिङमा रोहितले चौका प्रहार गरे । यससँगै रोहितले ११ रन जोडे । यसपछिको ओभरमा भने जोसेफको बलिङमा रोहित घाइते भए र मैदान छोडे । खेलका क्रममा रोहित ‘ब्याक स्पाजम’बाट ग्रसित भएका छन् ।

रोहित पेभेलियन फर्किदा क्रिजमा श्रेयास आयर आए । सुर्यकुमार र श्रेयासको साझेदारी भारतको लागि राम्रो साबित भयो । खेलको ८ ओभर २ बलमा छक्का प्रहार गर्दै सुर्यकुमारले आफ्नो अर्धशतक पुरा गरे । सुर्यकुमारले २६ बलमा ५३ रन बनाए ।

खेलको दशौँ ओभरमा सुर्यकुमारले ‘म्याट्रिक्श’ शैलीमा सट प्रहार गरे । सुर्यकुमारे यो सटले खेलाडी, दर्शक र क्रिकेटप्रेमीलाई पनि अचम्मा पारिदियो । उनले आफूलाई चुइगमजस्तो सजिलै तन्किएर बाउन्सर बललाई ‘ओभर सट’मा परिणत गरेका थिए । जुन सजिलै चौका बन्यो ।

सूर्यकुमारको त्यो सटलाई भारतीय क्रिकेटमा वर्षकै ‘शट अफ द इयर’ नाम दिइएको छ । टी–ट्वान्टी जस्तो जोखिमपूर्ण संरचनामा पनि खुलेर ठूला सट खेल्न सक्ने क्षमताका कारण सूर्यकुमार भारतीय टिमबाट पछिल्लो समय आइसीसी बरियताको दोस्रो स्थानमा उक्लिन सफल भएका हुन् ।

सूर्यकुमारको सुरुवाती संघर्ष
३१ वर्षीय दाया हाते ब्याटर सुर्यकुमारले आफ्नो आक्रमक ब्याटिङका लागि प्रसिद्ध छन् । सन् २०१० मा रणजी ट्रफीमा मुम्बईबाट दिल्लीविरुद्धको खेलमा उनले डेब्यु गरेका थिए । डेब्युमै ७३ रन बनाएका उनी क्रिकेटमा ‘नोटिस’ भएका थिए ।

सन् २०११–१२ को सिजनमा मुम्बईको लागि पुरै सिजन खेले । उनले रणजी ट्रफीको ‘रन चार्ट’ को पनि नेतृत्व गरे । सिजनको तेस्रो खेलअन्तर्गत ओडिसाविरुद्ध सुर्यकुमारले दोहोरो शतक प्रहार गरे ।

अर्को खेलमा पनि उनले शतक प्रहार गरे । शतक हान्न सक्ने खेलाडीका रुपमा उनले आफ्नो परिचय बनाए । साथै टिमका लागि चाहिने योगदान दिन उनी जस्तोसूकै अवस्थामा तयार हुन्थे ।

आइपीएल जित्दा चम्किएका खेलाडी
सन् २०११ मा सुर्यकुमारले मुम्बई इन्डियन्सको प्रतिनिधित्व गर्दै आईपिएल खेल्ने अवसर प्राप्त गरे । सन् २०१३ सम्म सुर्यकुमार मुम्बईसँग आबद्ध रहे ।

सन् २०१४ मा सुर्यकुमार कोलकत्ता नाइट राइडर्ससँग जोडिए । कोलकत्तासँग जोडिएसँगै सुर्यकुमारको लोकप्रियता पनि बढ्दै गयो । सोहि सिजनमा हरेक खेलमा योगदान पु¥याएका सुर्यकुमारले कोलकत्तालाई उपाधी जिताउन महत्वपूर्ण भुमिका खेले ।

करिब ४ वर्ष कोलकत्तामा आफ्नो योगदान गरेसँगै मुम्बईले फेरी सुर्यकुमारलाई आफ्नो टोलीमा आबद्ध ग¥यो । सन् २०१८ को आइपिएलमा सुर्यकुमारले सर्वाधिक रनकर्ताको उपाधि पनि प्राप्त गरे ।

सुर्यकुमारको एकाग्रता नै उनको आकर्षण बन्दै गएको छ । मुलत सिमित अवधीको क्रिकेट फम्र्याटमा सुर्यकुमार एक विश्वासिलो क्रिकेटरका रुपमा स्थापित हुँदै आएका छन् । यसबीचमा मुम्बई इण्डियन्सले पाँच पटक आइपीएल जित्दा सुर्यकुमारको आफ्नै स्टाइल र योगदान छ ।

जसकारण उनलाई भारतीय क्रिकेट टिमको भविष्यको रुपमा हेरिएको थियो । यद्यपी टोलीमा पर्न नसक्दा उनी आत्तिएका थिएनन्, तर भारतीय टिम छटौटकर्तामाथि दबाब बढ्दै गएको थियो ।

जुन सन् २०२१ मा सम्भव भयो । इङ्ल्याण्डविरुद्ध भारतको राष्ट्रिय टोलीमा डेब्यु गरेका सुर्यकुमारले त्यसयता राम्रो प्रभाव छाड्दै आएका छन् । डेब्यु गरेको केही वर्षमै उनले आफूलाई अब्बल साबित गरेका छन् । पाएको सानो मौकामा पनि उनले आफूलाई टिमका लागि महत्वपूर्ण पुष्टि गर्दै आएका छन् ।

त्यसैले गर्दा आज उनी विराट कोहली, केएल राहुलपछि भारतीय टिमबाट टी–ट्वान्टीतर्फ शीर्ष स्थान कब्जा गर्ने अवस्थामा पुगेका छन् ।

अब २ अंक पाए सूर्यकुमार टी–ट्वान्टी क्रिकेटको शिखर ब्याटर बन्दा एउटा ठूलो सपनालाई सम्भव बनाइरहेका पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर अजामको सपना भने तुहिनेछ ।

यो फेरि पनि भारत र पाकिस्तानबीचको सदाबहार दुस्मनी जस्तै हुनेछ । जुन विश्वकप लगायत विभिन्न प्रतियोगितामा मात्रै यी दुई टोलीको भिडन्त हुने गरेको छ । जुन आज सूर्यकुमार र बाबर अजामबीचको बरियता भिडन्त पनि रोचक मोडमा पुगिसकेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ९ : ५५ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम