लमजुङ- पहिरोले बिजुलीको पोल ढल्दा बेँसीशहर चामे सडक अवरुद्ध भएको छ ।
मर्स्याङ्दी गाउँपालिका-४ रामबजारमा बिहीबार बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे सडक योजनाका कार्यालयका प्रमुख अच्युतविलास पन्तले बताए।
सडक माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढलेकाले सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा बेँसीशहरबाट मनाङतर्फ जाँदै गरेका सवारी बेँसीशहरतर्फ र मनाङबाट बेँसीशहर आउँदै गरेका सवारीसाधन मनाङतर्फ नै रोकिएका छन् ।
प्रतिक्रिया