लमजुङमा १६ हजार बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

लमजुङमा १६ हजार बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ-  लमजुङमा पाँचदेखि ११ वर्षसम्मका १६ हजारभन्दा बढी बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा यहीँ भदौ ७ गतेदेखि १२ गते पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सञ्चालन भएको थियो ।

अभियानअन्तर्गत आठ वटै स्थानीय तहका पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका १६ हजार पाँच सय २६ बालबालिकालाई कोरोनाविरुद्ध फाइजर खोपको पहिलो मात्रा लगाइएको जिल्ला स्वास्थ्य कार्यालय लमजुङका कोभिड खोप सम्पर्क व्यक्ति यम बरालले बताए ।

खोप अभियानअन्तर्गत ७ गतेदेखि १० गतेसम्म विद्यालयमा खोप केन्द्र राखी खोप लगाइएको थियो भने ११ र १२ गते विद्यालय बाहिर रहेका तथा खोप लगाउन छुटेका बालबालिकालाई वडा वडामा रहेको स्वास्थ्य संस्थामार्फत खोप सेवा प्रदान गरिएको थियो ।

स्वास्थ्य कार्यालयले अभियानमा पाँच वर्षदेखि ११ वर्ष तथा १२ वर्ष उमेर नपुगेका १९ हजार तीन सय ३९ जनालाई फाइजर खोप लगाउन लक्ष्य लिएको थियो । जसमध्ये ८६ प्रतिशत बालबालिकालाई खोप लगाइएको कार्यालयले जनाएको छ ।

कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत  जिल्लाको चार स्थानीय तहमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज लगाउन सुरु भएको छ । खोपको उपलब्धताअनुसार बेंसीशहर, सुन्दरबजार दोर्दी र मर्स्याङ्दी गाउँपालिकाका बालबालिकालाई बुस्टर मात्रा लगाइएको छ ।

यसअघि कोभिड १९ विरुद्ध मोडेर्ना खोपको पहिलो र दोस्रो मात्रा खोप लगाएका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई फाइजर खोप बुस्टर मात्र लगाइएको हो । बुस्टर मात्रा लगाउने अभियान आगामि २१ भदाैसम्म सञ्चालन हुनेछ । पहिलो दिन चार वटै स्थानीय तहका विद्यालय विद्यालयमा बालबालिकालाई बुस्टर मात्रा लगाइएको छ ।

दोस्रो मात्रा खोप लगाएको तीन महिला पुगेका बालबालिकालाई मात्र बुस्टर मात्रा खोप दिइने भएकाले खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लिएको जान बेसीशहर नगरपालिका स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।

यस्तै यसअघि मोडेर्ना खोप लगाउन विविध कारणले खोपको पहिलो तथा दोस्रो मात्रा लिन छुट भएका बालबालिकालाई पनि खोप लगाइने भएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १ : २० बजे

आफूमाथि दुर्व्यवहार गरेर भिडियो भाइरल बनाएको भन्दै गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन

झापा – गायक अशोक दर्जीले आफूमाथि हातपात गरी चरित्रहत्या गर्ने

नागढुङ्गा सुरुङमार्ग पीडितको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नागढुंगा सुरुङमार्ग उद्घाटनको अवसरमा नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिले

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५