चीनमा देखिएको तापलहरले लिथियम ब्याट्रीको विश्वव्यापी आपूर्तिचक्र नै प्रभावित « Khabarhub

चीनमा देखिएको तापलहरले लिथियम ब्याट्रीको विश्वव्यापी आपूर्तिचक्र नै प्रभावित


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनका विभिन्न क्षेत्रमा देखिएको तापलहरका कारण सौर्य उर्जाका लागि आवश्यक लिथियम ब्याट्री र सोलर प्यानलेको विश्वव्यापी आपूर्तिचक्रमा ठूलो दबाब परिरहेको पाइएको छ ।

हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनको सिचुआन प्रान्तमा देखिएको तापलहरका कारण सरकारले कारखाना बन्द गर्न निर्देशन दिएसँगै त्यहाँ रहेका कारखानाको काम ठप्प भएको छ ।

बिजुली जोगाउन भन्दै चीन सरकारले तापलहरका बेला औद्योगिक उत्पादन बन्द गराएको हो । यस्ता कारखानाहरुले आफूहरुले सरकारी निर्देशन पालना गरिरहेको साउथ चाइना मर्निङ पोस्टलाई जानकारी दिएका छन् ।

यसका कारण ती कारखानाहरुले लिथियम र पोलिसिलिकनको उत्पादन प्रभावित भएको जनाएका छन् ।

चीन विश्वकै सबैभन्दा ठूलो लिथियम ब्याट्री उत्पादक मुलुक हो ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ९ : ४१ बजे

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने