चीनमा देखिएको तापलहरले लिथियम ब्याट्रीको विश्वव्यापी आपूर्तिचक्र नै प्रभावित « Khabarhub

चीनमा देखिएको तापलहरले लिथियम ब्याट्रीको विश्वव्यापी आपूर्तिचक्र नै प्रभावित


१९ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनका विभिन्न क्षेत्रमा देखिएको तापलहरका कारण सौर्य उर्जाका लागि आवश्यक लिथियम ब्याट्री र सोलर प्यानलेको विश्वव्यापी आपूर्तिचक्रमा ठूलो दबाब परिरहेको पाइएको छ ।

हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनको सिचुआन प्रान्तमा देखिएको तापलहरका कारण सरकारले कारखाना बन्द गर्न निर्देशन दिएसँगै त्यहाँ रहेका कारखानाको काम ठप्प भएको छ ।

बिजुली जोगाउन भन्दै चीन सरकारले तापलहरका बेला औद्योगिक उत्पादन बन्द गराएको हो । यस्ता कारखानाहरुले आफूहरुले सरकारी निर्देशन पालना गरिरहेको साउथ चाइना मर्निङ पोस्टलाई जानकारी दिएका छन् ।

यसका कारण ती कारखानाहरुले लिथियम र पोलिसिलिकनको उत्पादन प्रभावित भएको जनाएका छन् ।

चीन विश्वकै सबैभन्दा ठूलो लिथियम ब्याट्री उत्पादक मुलुक हो ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ९ : ४१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको