आफूहरुमाथि अनावश्यक आरोप नलगाउन पाकिस्तानी तालिबानको चेतावनी « Khabarhub

आफूहरुमाथि अनावश्यक आरोप नलगाउन पाकिस्तानी तालिबानको चेतावनी


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा सक्रिय लडकु समूह तालिबानले आफूहरुविरुद्ध अनावश्यक आरोप नलगाउन राष्ट्रवादी एवम् धर्मनिरपेक्ष समूहहरुलाई चेतावनी दिएको छ ।

तहरिक ए तालिबान पाकिस्तानमा भनिने पाकिस्तानमा सक्रिय तालिबानले यस्तो चेतावनी दिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

तालिबानले सरकारसँगको वार्तामा प्रगति भइरहेको भन्दै यसका कारण देशमा सुधार देख्न नचाहने तत्वहरु उत्तेजित भएको टिप्पणी गरेको छ ।

‘यी मानिसहरु पाकिस्तान शान्त र समृद्ध होस् भन्ने चाहँदैनन् ।’ तालिबानले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

आफूहरु पाकिस्तानमा ‘वास्तविक शान्ति’ को पक्षमा रहेको जनाउँदै तालिबानले आफूहरु पाकिस्तानविरोधी वा राज्यविरोधी नरहेको स्पष्ट पारेको छ ।

साथै तालिबानले आफूहरु कुनै पनि राजनीतिक वा धार्मिक संगठनको विरुद्धमा नरहेको बताउँदै यस्ता समूहहरुले आफूहरुमाथि लगाउँदै आएको नाजायज आरोप बन्द गर्नुपर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ७ : ४९ बजे

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने