आफूहरुमाथि अनावश्यक आरोप नलगाउन पाकिस्तानी तालिबानको चेतावनी « Khabarhub

आफूहरुमाथि अनावश्यक आरोप नलगाउन पाकिस्तानी तालिबानको चेतावनी


१९ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा सक्रिय लडकु समूह तालिबानले आफूहरुविरुद्ध अनावश्यक आरोप नलगाउन राष्ट्रवादी एवम् धर्मनिरपेक्ष समूहहरुलाई चेतावनी दिएको छ ।

तहरिक ए तालिबान पाकिस्तानमा भनिने पाकिस्तानमा सक्रिय तालिबानले यस्तो चेतावनी दिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

तालिबानले सरकारसँगको वार्तामा प्रगति भइरहेको भन्दै यसका कारण देशमा सुधार देख्न नचाहने तत्वहरु उत्तेजित भएको टिप्पणी गरेको छ ।

‘यी मानिसहरु पाकिस्तान शान्त र समृद्ध होस् भन्ने चाहँदैनन् ।’ तालिबानले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

आफूहरु पाकिस्तानमा ‘वास्तविक शान्ति’ को पक्षमा रहेको जनाउँदै तालिबानले आफूहरु पाकिस्तानविरोधी वा राज्यविरोधी नरहेको स्पष्ट पारेको छ ।

साथै तालिबानले आफूहरु कुनै पनि राजनीतिक वा धार्मिक संगठनको विरुद्धमा नरहेको बताउँदै यस्ता समूहहरुले आफूहरुमाथि लगाउँदै आएको नाजायज आरोप बन्द गर्नुपर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ७ : ४९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको