पत्रकार उपचार कोषमा ६० लाख | Khabarhub Khabarhub

पत्रकार उपचार कोषमा ६० लाख


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा ६० लाख रकम जुटिसकेको छ । महासङ्घ झापाका सदस्य र दाताले दिएको सहयोगबाट हालसम्म कोषमा सो रकम जम्मा भएको हो । जिल्लामा, पत्रकार, सर्वसाधारणदेखि व्यवसायीले समेत विवाह वर्षगाँठ र जन्मोत्सवमा कोषमा रकम सहयोग गर्दै आएका छन् ।

कोषको रकम एक करोड पुर्‍याउने लक्ष्यसाथ सहयोगी दाताले दिएको रकम संकलन गरिरहेको महासङ्घ शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए । उपचार कोष वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले मेचीनगर नगरपालिका–६ का ८४ वर्षीय कृष्ण उप्रेतीले आफ्नो जन्मोत्सवमा २५ हजार सहयोग गरेका छन् ।

भानु साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहेको उनले जन्मोत्सवका अवसरमा कार्यक्रममा नै आयोजना गरेर सो रकम अध्यक्ष गिरीलाई हस्तान्तरण गरेका हुन्। उनले यसअघि पनि जन्मोत्सवका अवसरमा स्थानीय क्लब, सङ्घसंस्थालाई यसरी नगद रकम सहयोग गर्दै आएका हुन् । 

 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  १० : ५६ बजे

बागमतीमा नेवार र तामाङ भाषा सरकारी कामकाजमा

काठमाडौं– बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ

चितवनको इच्छाकामनामा ‘कोल्ड ड्रिंक्स’ निषेध, पाहुनालाई दही-महीले स्वागत

चितवन- चितवनको इच्छाकामना गाउँपालिकाले पेय पदार्थहरू ‘कोल्ड ड्रिंक्स’लाई निषेध गर्ने

कुवेत पुर्‍याई मानवबेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भन्दै कुवेत पुर्‍याई मानवबेचबिखन

अफगानिस्तानमा बाढीका कारण १४ जनाको मृत्यु

काठमाडौं– अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित

राँझा– बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि