कतारका उपप्रधानमन्त्रीद्वारा विश्वकपका लागि सुरक्षा निकायको तयारीको निरीक्षण  « Khabarhub

कतारका उपप्रधानमन्त्रीद्वारा विश्वकपका लागि सुरक्षा निकायको तयारीको निरीक्षण 


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारका उपप्रधानमन्त्री तथा रक्षा मामिला राज्यमन्त्री डा खालिद बिन मोहम्मद अल अतियाहले फिफा विश्वकप-२०२२ लाई सुरक्षित गर्न सहभागी संयुक्त विशेष बल र सैन्य प्रहरी बलको तयारीको निरीक्षण गरेका छन्।

निरीक्षणको क्रममा मन्त्री अतियाहले टूर्नामेंट सुरक्षित गर्ने सेनाले गरेको तयारीको बारेमा ब्रिफ्रिङ सुनेका थिए। सशस्त्र बलका प्रमुख सलेम बिन हमाद बिन अकिल अल नाबित, उपप्रधानमन्त्रीका सल्लाहकार, रक्षा र सुरक्षा मामिलाका राज्यमन्त्री मेजर जनरल (पाइलट) मोहम्मद अब्दुललातिफ अल मन्नाइलाई साथमा लिएर मन्त्री अतियाह विश्वकप सुरक्षा तयारीबारे जानकारी लिन गएका थिए।

जो फिफा विश्वकप-२०२२ को लागि रक्षा मन्त्रालयको कार्यकारी समितिका अध्यक्ष पनि हुन् । फिफा विश्वकपलाई सुरक्षित गर्न संयुक्त सेनाका कमाण्डर मेजर जनरल सईद बिन हुसेन अल खयारिन र सशस्त्र बलका उच्च श्रेणीका अधिकारीहरू रहेका छन्।

उद्घाटन २० नोभेम्बरमा  
विश्वकप फुटबलको उद्घाटन समारोह २० नोभेम्बरको साँझ ५ बजे अल बायत स्टेडियममा हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा कतारले इक्वेडरसँग साँझ ७ बजे खल्नेछ।

सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) मा मार्केटिङ, कम्युनिकेशन्सका उपमहानिर्देशक खालिद अल मालावीले बिहीबार आयोजित एक पत्रकार सम्मेलन गर्दै  उद्घाटनको दिन दिउँसो ३ बजे स्टेडियमको ढोका खुल्ने जानकारी दिए।

उपमहानिर्देशक अल मालावीले प्रशंसकहरूलाई असुविधाबाट बच्न ६० हजार सिट भएको स्थानमा छिट्टै पुग्न पनि आग्रह गरेका छन्। “म सबै टिकट धारकहरूलाई उद्घाटन समारोह सुरु हुनुभन्दा कम्तीमा दुई घण्टाअघि उपस्थित हुन सल्लाह दिन्छु,” उनले भने।

उद्घाटन समारोह शानदार हुने अपेक्षा गरिएको छ। प्रतिस्पर्धी टोली नोभेम्बर ७ बाट कतार आई पुग्ने र दोहा आई पुग्ने पहिलो टोली जापान हुनेछ।

२० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ७ : ५० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि