मंसिरको चुनावमा हालसम्मकै धेरै मतदाता  « Khabarhub

मंसिरको चुनावमा हालसम्मकै धेरै मतदाता 


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदाता संख्या अहिलेसम्मकै सबैभन्दा बढी रहेको छ।

निर्वाचन आयोगका उपसचिव एवं सहप्रवक्ता ऋषिराम भुषालका अनुसार मंसिर ४ गते हुने निर्वाचनमा कूल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ।

नेपालमा पहिलो आम निर्वाचन (संसद) २०१५ सालमा भएको थियो। आयोगका अनुसार उक्त निर्वाचनमा कुल मतदाता ४२ लाख ४६ हजार ४६८ रहेका थिए।

पञ्चायती व्यवस्थाका विरुद्ध आन्दोलन चर्केपछि २०३७ सालमा राष्ट्रिय जनमत संग्रह गरिएको थियो। जनमत संग्रहमा कुल मतदाता संख्या ७१ लाख ९२ हजार ४५१ रहेको थियो।

२०४६ सालमा देशमा प्रजातन्त्र पुनःस्थापना भएपछि २०४८ सालमा आम निर्वाचन भएको थियो। उक्त निर्वाचनमा १ करोड ११ लाख ९१ हजार ७७७ मतदाता रहेका थिए।

नेपालमा पहिलो स्थानीय निर्वाचन २०४९ सालमा भएको थियो। सो निर्वाचनमा कूल मतदाता  १ करोड २० लाख रहेका थिए।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरेपछि २०५१ सालमा मध्यावधि निर्वाचन भएको थियो। मध्यावधि निर्वाचनमा कूल मतदाताको संख्या १ करोड २३ लाख २७ हजार ३२९ रहेको थियो।

२०५४ सालमा नेपालमा स्थानीय निर्वाचन भएको थियो। दुई चरणमा भएको उक्त निर्वाचनमा कूल मतदाता संख्या १ करोड २५ लाख ३८ हजार २७३ रहेको थियो। त्यसपछि २०५६ सालमा आम निर्वाचन भएको थियो। निर्वाचन आयोगका अनुसार सो निर्वाचनमा १ करोड ३५ लाख १८ हजार ८३९ मतदाता रहेका थिए।

२०६४ सालमा संविधान सभा सदस्य निर्वाचन गरिएको थियो। संविधान सभा सदस्य निर्वाचनमा कुल मतदाता १ करोड ७६ लाख ११ हजार ८३२ रहेका थिए।

पहिलो संविधान सभाले संविधान जारी गर्न नसकेपछि २०७० सालमा संविधान सभाको लागि दोस्रो निर्वाचन भएको थियो। संविधान सभाको दोस्रो निर्वाचनमा कुल मतदाताको सङ्ख्या १ करोड २१ लाख ४७ हजार ८६५ रहेको थियो।

दोस्रो संविधान सभाले २०७३ असोज ३ गते नयाँ संविधान जारी गरेपछि २०७४ सालमा तीन चरणमा स्थानीय निर्वाचन गरिएको थियो। स्थानीय तह निर्वाचन, २०७४ मा कुल मतदाता १ करोड ४० लाख ७२ हजार ४२४ रहेका थिए।

२०७४ सालमा नै एकसाथ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गरिएको थियो। सो निर्वाचनमा कुल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ९३८ रहेको थियो।

त्यसपछि २०७९ वैशाख ३० गते स्थानीय निर्वाचन भएको थियो। गत वैशाखमा भएको उक्त निर्वाचनमा कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७२३ जना रहेका थिए।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : ४७ बजे

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या

संविधान संशोधन बहसपत्र कार्यदलले गर्याे पूर्वन्यायाधिवक्ता र कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले