आईसीसी क्रिकेट विश्वकप लिग २ : स्कटल्याण्डसँग नेपाल ३ विकेटले पराजित « Khabarhub

आईसीसी क्रिकेट विश्वकप लिग २ : स्कटल्याण्डसँग नेपाल ३ विकेटले पराजित


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नामिबियामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डले नेपाललाई ३ विकेटले पराजित गरेको हो ।

नामिबियाको राजधानी वाइण्डहोकमा रहेको युनाइटेड क्रिकेट क्लब मैदानमा भएको खेलमा नेपालले दिएको १३८ रनको झिनो लक्ष्य स्कटल्याण्डले ३२ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टाएसँगै नेपाल पराजित भएको हो ।

नेपालका लागि सागर ढकाल, गुल्सन झा र ललित राजवंशीले समान २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । स्कटल्याण्डका लागि क्रिस्टोफर मकब्राइडले सर्वाधिक ४३ रन बनाए । त्यस्तै, ब्राण्डन मकमुलनले नट आउट ३२ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १३७ रनमात्र बनाउन सकेपछि स्कटल्याडले झिनो लक्ष्य पाएको थियो ।

स्कटल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिलो इनिङमा नेपाल ब्याटिङमा उत्रेको थियो । स्कटल्याडको घातक बलिङसामु नेपाल ४० ओभर १ बलमा अल आउट हुन पुग्यो ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन बनाए । त्यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २५ रन बनाए । यसबाहेक अर्जुन साउदले १८, कप्तान रोहित पौडेलले १७ र आरिफ शेखले १० रन बनाउनुबाहेक कुनै नेपाली ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

स्कटल्याण्डका लागि क्रिस सोलले सर्वाधिक ३ विकेट लिए भने मार्क वाटले नेपालको २ विकेट झारे । स्कटल्याण्डका मिसेल लेस्क, सफयान सरिफ र ब्राण्डन मकमुलेनले समान एक विकेट लिए ।

यसअघि शुक्रबार नेपालले नामिबियासँग खेलेको थियो । वर्षाका कारण उक्त खेल रद्द भएपछि दुबै टोलीले समान एक अंक बाँडेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : २६ बजे

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि