भक्ति नमुना माविको विशेष कक्षामा सोलारको व्यवस्था « Khabarhub

भक्ति नमुना माविको विशेष कक्षामा सोलारको व्यवस्था


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – सुन्दरबजार नगरपालिका-९ भोटेओडारको भक्ति नमुना माध्यमिक विद्यालयमा सञ्चालित विशेष कक्षामा अध्ययनरत बालबालिकाका लागि सोलारको व्यवस्था गरिएको छ ।

विशेष कक्षाका बालबालिकाका लागि गण्डकी प्रदेश शिक्षा विज्ञान तथा सामाजिक विकास मन्त्रालयले विनियोजन गरेको २ लाख ५० हजार रुपैयाँबाट सोलार जडान भएको हो ।

छात्राबास तथा विद्यालय भवनमा सोलार जडान गरिएको भक्ति नमुना माविको बहिरा विद्यालयका स्रोत शिक्षक प्रेमनिधि सापकोटाले बताए । चिसो मौसममा नुहाउन, हातमुख धुन समस्या हुने भएकाले सोलारमार्फत पानी तताउन सहज भएको बताए । बालबालिकाले सोलार जडान भएसँगै सोलारबाट पानी तताएर हातमुख धुने, नुहाउने गर्न थालेका छन् ।

यस्तै सुस्त श्रवण तथा बहिरा बालबालिकाको लागि निर्माण भएको सुरक्षित छात्रावास तथा विद्यालय भवनको माथिल्लो तला समेत थप्ने तयारी भएको छ । प्रदेशको सहयोगमा एक तला थप गर्न लागेको जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक यज्ञराज घिमिरेका अनुसार सोलारको व्यवस्था भएपछि बालबालिकालाई सहज भएको छ । सहजै तातोपानीको प्रयोग गर्न पाएका छन् । भक्ति नमुनामा संचालित विशेष कक्षामा २२ जना विद्यार्थी छन् । १३ जना बालक र ९ बालिका छन् ।

दैलेखदेखि लमजुङका छिमेकी जिल्लाहरु गोरखा, तनहुँलगायत जिल्लाका कान नसुन्ने र मुख बोल्न नसक्ने बालबालिका विशेष कक्षामा पढ्दै आएका छन् । २०२४ सालमा स्थापना भएको भक्ति नमुना माविमा २०६१ सालबाट मुख नबोल्ने र कान नसुन्ने विद्यार्थीका लागि विशेष कक्षा संचालनमा ल्याइएको हो । कक्षा १ देखि ५ कक्षासम्म पढाई हुने विशेष कक्षामा कक्षा ५ पास भएपछि पोखरा, वाग्लुङ लगायत ठाउँमा गएर विद्यार्थीलाई पठनपाठन गराइँदै आइएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ८ : ४२ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री