होमस्टे सञ्चालकलाई च्याउ खेती तालिम « Khabarhub

होमस्टे सञ्चालकलाई च्याउ खेती तालिम


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको बेसीशहर नगरपालिका-३ स्थित काउलेपानी सामुदायिक होमस्टेका सञ्चालकले च्याउ खेती प्रविधिबारे सीप सिकेका छन् । गाउँघरमै च्याउ खेती उत्पादन गर्न २२ होमस्टे सञ्चालकले तालिम पाएका हुन् ।

ग्रामीण सामुदायिक विकास केन्द्रद्धारा सञ्चालित युवा उत्थानशील परियोजना अन्तर्गत होमस्टे प्रवर्द्धनका लागि च्याउ खेती प्रविधि सिकाइएको संस्थाका कार्यक्रम व्यवस्थापक विश्व विनोद घिमिरेले बताए । उनका अनुसार उक्त परियोजना कर्क इन एक्टी र कर्डएडको सहयोगमा सञ्चालित छ ।

परियोजनाले लमजुङका होमस्टे गाउँको प्रवर्द्धनका लागि विभिन्न सीप सिकाउँदै आएको छ। काउलेपानीमा आउने पर्यटकलाई मध्येनजर गरेर सञ्चालकलाई च्याउ खेतीको तालिम प्रदान गरिएको हो।

परियोजनाले होमस्टे गाउँमा ६ वटा कलस्टरमा सीप सिकाउने लक्ष्य लिएको छ। काउलेपानीमा च्याउ खेतीका लागि कार्यक्रम गरेको छ। बेसीशहर नगरपालिका २ मगरगाउँमा आलुको चिप्स बनाउने सीप सिकाइने छ।

बेसीशहर नगरपालिका-२ चिसापानी, सुन्दरबजार नगरपालिका-५ गहते र बागेडाँडामा मौरीको मह प्याकेजिङ, ब्राण्डिङ र लेभलिङको सीप सिकाइनेछ ।

सुन्दरबजार-९ सिख्रमा तरकारी खेती सीप प्रदान गरिने आरसीडीसीले जनाएको छ । परियोजनाले युवा तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति र साना किसानलाई लक्षित समूह बनाएर काम गर्दै आएको छ। परियोजना संयोजक अस्मिता गुरुङका अनुसार होमस्टे सञ्चालकलाई च्याउ खेतीका लागि पराल काट्ने, बीउ छर्ने, प्याकिङलगायतको सीप सिकाइएको छ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ९ : ३४ बजे

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ