जुम्लाको नाग्म-गमगडी सडक अवरुद्ध « Khabarhub

जुम्लाको नाग्म-गमगडी सडक अवरुद्ध


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कर्णालीमा भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध भएको छ । बिहीबार साँझदेखि भएको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध भएको हो ।

जुम्ला बोतादेखि मुगुको पिनासम्म सडकमै झण्डै तीन फिटभन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख सन्तोष भण्डारीले बताए ।

उनका अनुसार जुम्ला र मुगु जोड्ने सीमा क्षेत्र बुलबुलेमा बाक्लो हिउँ जमेको छ । हिउँ पन्छाउन मेसिन तयारी अवस्थामा छ । घाम लागेको खण्डमा सडक सुचारु गर्ने तयारी छ । उनले भने, ‘तत्काल भने सडक खुल्ने सम्भावना छैन ।’

यस्तै बोतादेखि पिनासम्म उकालोमा झण्डै ७ वटा मोडमा भएकोले हिउँ पन्छाइए पनि गाडी चिप्लिने सम्भावना रहेको उनले बताए । त्यसैले पूर्ण रूपमा सडक सञ्चालनमा आउन झण्डै एक हप्ता लाग्ने सक्ने भण्डारीले बताएका छन् ।

सडक अवरुद्ध भएपछि जुम्ला र मुगुको आवतजावतमा समस्या भएको छ । मुगुमा हुने आयात निर्यात सबै ठप्प छ । अघिल्लो पटकको हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक खुलेको केही दिनमै भारी हिमपातले पुनः अवरुद्ध भएको हो ।

त्यस्तै जुम्ला हुँदै मुगु राराताल जाने छोटो पर्यटकीय मार्ग जुम्ला उर्थु पटमारा न्याउरीघाट बुलबुले जोड्ने सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको स्थानीयले बताएका छन् । उक्त सडक अवरुद्ध भएपछि छोटो मार्ग भएर मुगु जाने आन्तरिक पर्यटक र स्थानीय प्रभावित भएका छन् ।

ग्रामीण सडकहरू अवरुद्ध:

त्यस्तै जुम्लाका आठै पालिका जोड्ने ग्रामीण सडक पनि हिमपातले अवरुद्ध भएका छन् । कर्णाली राजमार्गको त्रिवेणी हुँदै ताम्ती टोप्ला इमिल्छा जाजरकोट जोड्ने सडक, जुम्ला सदरमुकामदेखि पातारासी जोड्ने सडक, जुम्लाबाट गुठिचौर जाड्ने सडकलगायतका दर्जनौँ ग्रामीण सडक अवरुद्ध भएका छन् । सुत्केरी बिरामीलाई अस्पताल ल्याउनसमेत सकस हुने देखिएको गुठिचौर गाउँपालिका–२ का क्षेत्र बुढाले बताए ।

कर्णाली राजमार्ग सञ्चालनमा:

हिमपातले विभिन्न ठाउँमा अवरुद्ध कर्णाली राजमार्ग भने बिहीबार रातिदेखि नै सञ्चालनमा आएको जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइले बताइन् ।

उनका अनुसार जुम्ला खण्डको एैरेनीदेखि धौलापानीसम्म जाम भएका गाडी खुलेका छन् । त्यस्तै, कालिकोटको पिली र बिर्तामोडमा पहिरोले अवरुद्ध सडक पनि खुलेको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख भण्डारीले बताए । हिमपातले जुम्लामा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । विभिन्न ठाउँमा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ६ : ३६ बजे

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर