पाँचपोखरी टी-२० को फाइनल आज « Khabarhub

पाँचपोखरी टी-२० को फाइनल आज


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – मूलपानी मैदानमा जारी पाँचपोखरी टि २० जिल्लास्तरीय प्रतियोगिताको अन्तिम चरणको खेलमा आज पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी भोताङ क्रिकेट टोली भिड्ने भएका छन् ।

उक्त क्लवले पहिलो सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई तीन विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो भोताङ क्रिकेट टोलीले सानु सिरुवारीलाई ७० रनले हराउँदै फाइनलमा उक्लिएको थियो । प्रतियोगितामा सात टोली सहभागी थिए । अन्तिम चरणको खेल आज हुने भएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले खेलकुद आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । गाउँपालिकाले २०७४ सालदेखि निरन्तररुपमा ‘जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका तीन वटा संस्करण सम्पन्न गरिसकेको छ ।

विश्वमै देखिएको कोरोना महामारीका कारण चौथो संस्करण स्थगित भएकामा सो प्रतियोगितालाई प्रोत्साहन गर्न उक्त गाउँपालिकाका आठवटै वडामा क्रिकेट खेलकुद सामग्री वितरण गरिएको थियो ।

प्रतियोगितालाई निरन्तरता तथा समयसापेक्ष परिमार्जित गर्दै यस वर्ष उक्त प्रतियोगिताको नाम र खेलको संरचना परिवर्तन गरी पाँचपोखरी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

विगतका वर्षमा गाउँपालिकामा नै सञ्चालन भइरहेको उक्त प्रतियोगितालाई यस वर्ष काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा खेल आयोजना गरिएको खेलकूद विकास समितिले जानकारी दिएको छ । उक्त प्रतियोगितमा विजेताले रु ७५ हजार र उपविजेताले रु ४० हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ७ : १९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु