भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आज भक्तपुर नगरपालिका–७ स्थित गय् भिंद्यो हनुमन्त्ते पुलको उद्घाटन गरेका छन् । भक्तपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा उनले पुल उद्घाटन तथा शिलापत्र अनावरण पनि गरेका हुन् ।
नेपालमा विदेशीसँग मागेर देश विकास गर्ने गलत प्रवृत्ति हाबी हुँदै गएको भन्दै अध्यक्ष बिजुक्छेले देश विकासका आफ्नै स्रोत साधनको परिचालन गर्नुपर्ने बताए।
कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिबाट विकास निर्माणको काम गर्ने भक्तपुर नपाको पहिलेदेखिको परम्परा भएको भन्दै भक्तपुर नपाले सार्वजनिक सम्पत्ति संरक्षणमा जोड दिँदै आएको बताए ।
उक्त पुल भक्तपुर नगरपालिकाको तीन करोड दुई लाख ४४ हजार ९६४ र बागमती प्रदेश सरकारको एक करोड गरी कुल चार करोड दुई लाख ४४ हजार ९६४ को लागतमा निर्माण सम्पन्न भएको हाे ।
प्रकाशित मिति :
२१ फाल्गुन २०७८, शनिबार ९ :
११ बजे
प्रतिक्रिया