बिस्का जात्रासम्बन्धी फोटो प्रदर्शनी सुरु | Khabarhub Khabarhub

बिस्का जात्रासम्बन्धी फोटो प्रदर्शनी सुरु


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको मध्यपुरठिमीमा बिस्केट (बिस्का) जात्रासम्बन्धी एकल फोटो प्रदर्शनी मंगलबारदेखि सुरु भएको छ ।

पर्यटन बोर्डको प्राङ्गणमा भएको प्रदर्शनी तीन दिनसम्म चल्ने छ । मध्यपुरठिमीमा हुँदै आएको जात्राका १०० भन्दाबढी फोटो प्रदर्शनीमा राखिएका छन् ।
प्रदर्शनीमा जात्राको सुरुदेखि अन्त्यसम्मका फोटो राखिएका छन् ।

प्रदर्शनीको आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्त रूपमा शुभारम्भ गरे ।

कार्यक्रममा मध्यपुरठिमी नगरपालिकाका प्रमुख श्रेष्ठले नगर क्षेत्रभित्रका जात्रा, पर्वका अमूर्त कलालाई विश्व सम्पदाका रूपमा पहिचान दिलाउन नगर लागिपरेको बताए ।

फोटो पत्रकार श्रेष्ठले मध्यपुर ठिमीमा धुमधामका साथ मनाइने बिस्का जात्राको ऐतिहासिक र सांस्कृतिक पक्षबारे अवगत गराउन प्रदर्शनी आयोजना गरिएको बताए ।

हरेक वर्षको अन्त्यसँगै नयाँ वर्षको सुरुआतमा ऐतिहासिक महत्वको बिस्का जात्रा मध्यपुरठिमी क्षेत्रमा मनाइँदै आइएको छ ।

जात्रा चैत ३०, वैशाख १ र २ गते मनाइने छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ११ : १६ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये