खोप भण्डारण गर्न बागलुङमा ‘वाकिङ कुलर’ « Khabarhub

खोप भण्डारण गर्न बागलुङमा ‘वाकिङ कुलर’


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ । बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले उद्घाटन गरेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोगमा बनेको उक्त चिस्यान कोठामा दश रेफ्रिजेरेटरमा अट्ने जति खोप भण्डारण गर्न सकिने छ । यसअघि भण्डारण क्षमता कम हुँदा यहाँ कोभिड–१९ विरुद्धको खोप आपूर्ति र वितरणमा समस्या भएको थियो । थपिएको भण्डारण क्षमताले बागलुङसँगै पर्वत, म्याग्दी र मुस्ताङलाई समेत पुग्ने निर्देशक खड्काले बताए ।

‘धौलागिरि क्षेत्रमा खोप भण्डारण र वितरण केन्द्र अब बागलुङ बन्छ’, उनले भने, ‘खोप सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन यसबाट ठूलो मद्दत पुग्छ ।’ निर्देशक खड्काका अनुसार योसहित गण्डकी प्रदेशमा ठूलो क्षमताका चार ‘वाकिङ कुलर’ सञ्चालनमा ल्याइएको छ । यसबाट ५० लाख जनसङ्ख्यालाई पुग्ने खोप भण्डारण गर्न सकिनेछ । गण्डकी प्रदेशको जनसङ्ख्या झण्डै २५ लाख छ ।

कोभिड–१९ महामारीका बेला खोप सेवालाई दु्रत र प्रभावकारी बनाउन सरकारले देशभर भण्डारण क्षमता विस्तारमा जोड दिएको थियो । स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले दश घण्टासम्म बिजुली नआउँदा पनि यसको प्रणालीले आफैँ धान्ने बताए । त्योभन्दा बढी समय बिजुली नआएमा भने जेनेरेटर प्रयोग गर्नुपर्छ । खत्रीले अबदेखि कोभिड–१९ जस्ता जुनुसुकै महामारी आउँदा पनि खोप आपूर्ति, भण्डारण र वितरणमा समस्या नहुने बताए।

बालबालिकाले पाउने नियमति खोप सेवादेखि अन्य जुनसुकै खोप सेवाको गुणस्तरीयता बढाउन पनि उक्त चिस्यान कोठाले सघाउ पुर्‍याउने स्वास्थ्य कार्यालयले जनाएको छ । कुनै सामान्य तापक्रम त कुनै अत्यधिक चिसोमा राख्नुपर्ने खोप हुन्छन् । अत्यधिक चिसोमा राख्नुपर्ने खोपका लागि भण्डारण क्षमता कम भएपछि सरकारले ‘वाकिङ कुलर’को विस्तारमा लगानी बढाएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले कोभिड–१९ महामारीले खोपको भण्डारण क्षमता विस्तारका लागि आफूहरुलाई झकझक्याएको बताए । उनले यहाँको ‘वाकिङ कुलर’ले धौलागिरि क्षेत्रकै खोप सेवा सञ्चालनमा टेवा पुग्ने उल्लेख गरे। ‘भण्डारण क्षमताको कमीका कारण खोपको आपूर्ति र वितरण प्रभावित हुने अवस्थाको अब अन्त्य भएको छ’, उनले भने।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ७ : ०० बजे

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी