बारामा चार हजार ५३८ जना उम्मेदवार चुनावी मैदानमा « Khabarhub

बारामा चार हजार ५३८ जना उम्मेदवार चुनावी मैदानमा


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ८६७ पदका निमित्त चार हजार ५३८ जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको छ ।

प्रमुख-अध्यक्ष पदमा १९७, उपप्रमुख-उपाध्यक्षमा ११८, वडाध्यक्षमा एक हजार १३, पुरुष वडा सदस्यमा एक हजार ६६०, महिला वडा सदस्यमा ८०० र दलित महिला सदस्यका लागि ७५० जना चुनावी मैदानमा छन् ।

निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीका अनुसार सबैभन्दा बढी कलैया उपमहानगरपालिकामा नगरप्रमुखका लागि १३ जनासहित ७५६ जना र सबैभन्दा कम प्रसौनी गाउँपालिकामा अध्यक्षमा १३ सहित १७७ जना उम्मेदवार बनेका छन् ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख- अध्यक्षमा १७७, उपप्रमुख-उपाध्यक्षमा १२५ र वडाध्यक्ष ९३८ जना उम्मेदवार बनेका थिए ।

पुरुष वडा सदस्यमा एक हजार ५५४, महिला वडा सदस्यमा २६३, दलित सदस्यमा ७०२ जनासहित चार हजार २५९ जनाले उम्मेदवारी दिएका थिए । बारामा चार लाख २३ हजार ३२७ मतदाता छन् । पाँच सय ४१ मतदान केन्द्र र ३०३ मतदानस्थल कायम गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ११ : १९ बजे

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक