सप्तरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु « Khabarhub

सप्तरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बिरपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालक स्थानीय १८ वर्षीय ईन्द्रजित यादबको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तिलाठीबाट राजबिराजतर्फ जाँदै गरेको को १७ प ८५६५ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आँउँदै गरेको साइकललाई हिजो बेलुकी ८ बजे ठक्कर दिएको हो ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १२ : ०५ बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ