वार्षिक दुई हजारभन्दा बढी बालबालिकामा विभिन्न किसिमका क्यान्सर | Khabarhub Khabarhub

वार्षिक दुई हजारभन्दा बढी बालबालिकामा विभिन्न किसिमका क्यान्सर


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर हुने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको सहकार्यमा लायन्स क्लब अफ काठमाडौँ हारतीमाता, काष्ठमण्डप, युएनपार्क र गुराँसले आज संयुक्त रुपमा आयोजना गरेको ‘बालबालिकालाई हुने क्यान्सर रोगको रोकथामसम्बन्धी सचेतना कार्यक्रम’ मा वक्ताहरूले बर्सेनि विश्वभर तीन लाख तथा नेपालमा दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमका क्यान्सर हुने गरेको बताएका हुन् ।

कार्यक्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी डा. अञ्जली पण्डितले बालबालिकालाई बढी मात्रामा रगतको क्यान्सर हुने गरेको बताए। उनले रगतबाहेक मस्तिष्क तथा ढाड, ग्रन्थी, आँखा, हड्डी , मिर्गौला, मांसपेशीलगायतमा क्यान्सर हुने देखिएको बताए । डा. पण्डितले घाँटीमा गाँठो देखिनु, गिजाबाट रगत आउनु, आँखामा धब्बाहरू देखिनु, गालामा ट्युमर देखिनुलगायत क्यान्सरका लक्षणहरू भएकाले यसको समयमै उपचार गर्नुपर्नेमा जोड दिए ।

उनले समयमै क्यान्सर पत्ता लगाउन सके उपचारले निको हुनेसमेत जानकारी दिए । डा. पण्डितले बालबालिकामा हुने क्यान्सरमध्ये बालकलाई तीन वर्ष र बालिकालाई दुई वर्षमा उपचार गरी निको पार्न सकिने उल्लेख गरे । काठमाडौँ मेडिकल कलेज एन्ड शिक्षण अस्पतालका डा. आशिषलाल श्रेष्ठले बालबालिकामा हुने क्यान्सरको उपचार नेपालमा नै सम्भव छ भने। ‘बैलैमा रोगको जाँच र निदान भएमा बाल क्यान्सर पूर्ण रुपमा निको हुन्छ,’ उनले जोड दिए ।

डाक्टर श्रेष्ठले गर्भवती अवस्थामा मद्यपान तथा धूम्रपान गर्नाले, विकिरण तथा रसायनका कारणले, प्रदूषित वातावरण तथा अत्यधिक कीटनाशकको प्रयोगले र गर्भावस्थामा भ्रूणमा देखा परेको वंशाणुगत असन्तुलनले बालबालिकामा क्यान्सरको समस्या हुने गरेको देखिन्छ भने । उनले क्यान्सर भएका बालबालिकाका अभिभावकसामु  जनचेतना फैलाउन नसक्दा यसको उपचारमा कमी आएको उल्लेख गरे ।  

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले विश्वव्यापी समस्याका रुपमा रहेको बाल क्यान्सरबाट नेपालमा पनि थुप्रै बालबालिकाहरू पीडित भएका र यसको रोकथामका लागि महानगरपालिकाले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले काठमाडौँ महानगरवासीलाई स्वास्थ्य राख्न यस्ता सामाजिक संस्थासँग सधैँ सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एचका डिस्ट्रिक्ट गभर्नर दिनेशप्रसाद श्रेष्ठले बालबालिकामा हुने क्यान्सरलाई समयमा पहिचान गर्न सके उपचार सम्भव छ भने ।

सोही संस्थाका बाल्यवस्थाको क्यान्सर सचेतना कार्यक्रमका संयोजक विकासमान सिंहले नेपालमा बाल क्यान्सरको अवस्था भयावह रहेको तर उपचारका लागि निकै कम मात्रामा स्वास्थ्य संस्थामा पुग्ने गरेको र पुगेकाहरुमध्ये पनि ३० प्रतिशतले मात्र उपचारमा निरन्तरता दिने गरेको बताए । लायन्स क्लब अफ इन्टरनेशनलले स्वास्थ्य, वातावरण, प्राकृतिक विपत्ति रोकथाम, पौष्टिक आहार, गरिब तथा विपन्नलाई खाद्य सामग्री वितरण, हैजाबारे जनचेतनालगायत विभिन्न क्षेत्रमा जुलाई १ देखि सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको लायन्स क्लब अफ काठमाडौँ हारतीमाताका अध्यक्ष अशोकमान महर्जनले जानकारी दिए । 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ३ : ४० बजे

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

नवलपरासी- नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५०

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड कालोपत्र

कास्की- निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक

ट्रम्पको डिपोर्ट नीतिलाई अदालतको साथ

वाशिङ्टन – अमेरिकामा रहेका तीन लाख ५० हजार भेनेजुएलीलाई डिपोर्ट

अभ्यास खेलमा दीपेन्द्र र भीमको शतकमा नेपाल १२४ रनले विजयी

काठमाडौं – आईसीसी विश्वकप लिग-२ को अभ्यासका लागि युके पुगेको

भाइ टोनी र बहिनी नेहासँग सम्बन्ध अन्त्यको घोषणा गरेको एक महिनामै सँगै देखिइन् सोनु !

काठमाडौं- भारतीय गायिका सोनु कक्कडले गत अप्रिलमा सामाजिक सञ्जालमा परिवारसँग