अफगानिस्तानस्थित रूसी दूतावासबाहिर बम विस्फोट, दुई कूटनीतिज्ञसहित छ जनाको मृत्यु | Khabarhub Khabarhub

अफगानिस्तानस्थित रूसी दूतावासबाहिर बम विस्फोट, दुई कूटनीतिज्ञसहित छ जनाको मृत्यु


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको राजधानी काबुलस्थित रूसी दूतावासबाहिर सोमबार आत्मघाती बम आक्रमण भएको छ । आत्मघाती बम विस्फोटमा परी दूतावासका दुई कूटनीतिज्ञसहति कम्तीमा छ सर्वसाधारणको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणकारी आत्मघाती विष्फोट गराएको हो वा सुरक्षाकर्मीले गोली चलाउँदा विस्फोट भएको हो भन्ने स्पष्ट हुन सकेको छैन ।

मृत्यु हुनेको सङ्ख्या अझै बढी हुने अनुमान गरिएको छ भने ८ देखि १० जना घाइते भएको हुनसक्ने बताइएको छ ।

रूसको नोभोस्ती समाचार संस्था, रियाका अनुसार एक रुसी कुटनीतिज्ञ भिसाका लागि उम्मेदवारको नाम लिन दूतावासबाहिर पर्खिरहेका मानिसहरूसामक्ष बाहिर निस्केपछि विस्फोट भएको थियो । रुसी विदेश मन्त्रालयलाई उद्धृत गर्दै उक्त समाचार एजेन्सीले दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको जनाएको छ ।

काबुल प्रहरी प्रमुखका प्रवक्ता खालिद जादरानले कम्तीमा एक सर्वसाधारणको मृत्यु भएको र अन्य १० जना घाइते भएको बताएका छन् ।

जादरानले विस्फोटमा एक आत्मघाती आक्रमणकारीको संलग्नता रहेको बताएका छन् । उनले दूतावासबाहिर कुरेर बसेको आक्रमणकारीको भीडको नजिक पुग्नुअघि नै सुरक्षाकर्मीले पहिचान गरेको बताए ।

जादरानका अनुसार सुरक्षाकर्मीले आक्रमणकारीलाई गोली हानेका थिए । गोली चलाउनुअघि नै आक्रमणकारीले विस्फोट गराउन सफल भएको थियो वा गोलीले विष्फोटक पदार्थ विस्फोट गराइएको थियो भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन ।

जादरानले घटनाको अनुसन्धान भइरहेको र प्रहरीले उक्त क्षेत्र सील गरेको जानकारी दिए ।

रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अफगानिस्तानको राजधानी काबुलस्थित रुसी दूतावासको कन्सुलर सेक्सनको प्रवेशद्वार नजिकै विस्फोट भएको र एक अज्ञात लडाकूले विस्फोटक पदार्थ विस्फोट गराएको जानकारी प्राप्त भएको छ ।”

विज्ञप्तिमा लेखिएको छ, “आक्रमणका कारण कूटनीतिक नियोगका दुई सदस्यको मृत्यु भएको छ र एक अफगानी नागरिक पनि मारिएका छन् ।” तालिबानले सत्ता कब्जा गरेको एक वर्ष यता भएको यो पछिल्लो विस्फोटको जिम्मेवारी तत्काल कसैले लिएको छैन ।

गत वर्ष अमेरिका र नेटोका सेना फिर्ता हुने अन्तिम चरणमा पुगेका बेला पूर्व विद्रोहीले देश कब्जा गरेयता इस्लामिक स्टेट आतंककारी संगठनसँग आबद्ध स्थानीय समूह समूहले तालिबान र सर्वसाधारणविरुद्ध आक्रमणलाई तीव्र बनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : ३६ बजे

नेकपा एसका उपाध्यक्ष हमालसहितको टोली बुधबार चीन जाने

काठमाडौं- सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को ८३औं सचिवालय बैठक सोमबार

जबरजस्त संसद् चलाउने कदमको विरोध गर्ने राप्रपाको निर्णय 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सकिएको छ ।

केपी ओलीलाई विश्वप्रकाशको जवाफ : तपाईंले रौद्ररुप देखाउँदा कांग्रेसले मौनधारण गर्दैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टी-स्टेट बिक्री प्रकरणमा

सहकारी प्रकरणमा सहमति खोज्न फेरि बालुवाटार पुगे कांग्रेस नेता

काठमाडौं- सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको कार्यादेशमा सहमति

कतारको आशंका- रफाह हमलाले गाजा युद्धविराम वार्तालाई बाधा पुर्‍याउन सक्छ

काठमाडौं– इजरायलले गाजाको दक्षिणी शहर रफाहनजिकै गरेको पछिल्लो आक्रमणले युद्धविराम वार्तामा