अफगानिस्तानस्थित रूसी दूतावासबाहिर बम विस्फोट, दुई कूटनीतिज्ञसहित छ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानस्थित रूसी दूतावासबाहिर बम विस्फोट, दुई कूटनीतिज्ञसहित छ जनाको मृत्यु


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको राजधानी काबुलस्थित रूसी दूतावासबाहिर सोमबार आत्मघाती बम आक्रमण भएको छ । आत्मघाती बम विस्फोटमा परी दूतावासका दुई कूटनीतिज्ञसहति कम्तीमा छ सर्वसाधारणको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणकारी आत्मघाती विष्फोट गराएको हो वा सुरक्षाकर्मीले गोली चलाउँदा विस्फोट भएको हो भन्ने स्पष्ट हुन सकेको छैन ।

मृत्यु हुनेको सङ्ख्या अझै बढी हुने अनुमान गरिएको छ भने ८ देखि १० जना घाइते भएको हुनसक्ने बताइएको छ ।

रूसको नोभोस्ती समाचार संस्था, रियाका अनुसार एक रुसी कुटनीतिज्ञ भिसाका लागि उम्मेदवारको नाम लिन दूतावासबाहिर पर्खिरहेका मानिसहरूसामक्ष बाहिर निस्केपछि विस्फोट भएको थियो । रुसी विदेश मन्त्रालयलाई उद्धृत गर्दै उक्त समाचार एजेन्सीले दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको जनाएको छ ।

काबुल प्रहरी प्रमुखका प्रवक्ता खालिद जादरानले कम्तीमा एक सर्वसाधारणको मृत्यु भएको र अन्य १० जना घाइते भएको बताएका छन् ।

जादरानले विस्फोटमा एक आत्मघाती आक्रमणकारीको संलग्नता रहेको बताएका छन् । उनले दूतावासबाहिर कुरेर बसेको आक्रमणकारीको भीडको नजिक पुग्नुअघि नै सुरक्षाकर्मीले पहिचान गरेको बताए ।

जादरानका अनुसार सुरक्षाकर्मीले आक्रमणकारीलाई गोली हानेका थिए । गोली चलाउनुअघि नै आक्रमणकारीले विस्फोट गराउन सफल भएको थियो वा गोलीले विष्फोटक पदार्थ विस्फोट गराइएको थियो भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन ।

जादरानले घटनाको अनुसन्धान भइरहेको र प्रहरीले उक्त क्षेत्र सील गरेको जानकारी दिए ।

रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अफगानिस्तानको राजधानी काबुलस्थित रुसी दूतावासको कन्सुलर सेक्सनको प्रवेशद्वार नजिकै विस्फोट भएको र एक अज्ञात लडाकूले विस्फोटक पदार्थ विस्फोट गराएको जानकारी प्राप्त भएको छ ।”

विज्ञप्तिमा लेखिएको छ, “आक्रमणका कारण कूटनीतिक नियोगका दुई सदस्यको मृत्यु भएको छ र एक अफगानी नागरिक पनि मारिएका छन् ।” तालिबानले सत्ता कब्जा गरेको एक वर्ष यता भएको यो पछिल्लो विस्फोटको जिम्मेवारी तत्काल कसैले लिएको छैन ।

गत वर्ष अमेरिका र नेटोका सेना फिर्ता हुने अन्तिम चरणमा पुगेका बेला पूर्व विद्रोहीले देश कब्जा गरेयता इस्लामिक स्टेट आतंककारी संगठनसँग आबद्ध स्थानीय समूह समूहले तालिबान र सर्वसाधारणविरुद्ध आक्रमणलाई तीव्र बनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : ३६ बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ