सम्पदा पदमार्ग’ नमूना बन्नेछ : पर्यटनमन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

सम्पदा पदमार्ग’ नमूना बन्नेछ : पर्यटनमन्त्री श्रेष्ठ


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भू क्षेत्र जोडेर निर्माण गरिने सम्पदा मार्गले पर्यटकलाई आकर्षित गर्ने विश्वास व्यक्त गरेका छन् ।

हनुमानढोका–स्वयम्भू सम्पदामार्ग लक्षित पथप्रदर्शक तालिम समापन कार्यक्रममा मन्त्री श्रेष्ठले हनुमानढोका–स्वयम्भू जोड्ने ‘सम्पदा पदमार्ग’ आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रको नमूना गन्तव्यस्थल बन्ने बताए । विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा जोड्ने गरी पदमार्ग बन्नु देशको गौरवको विषय भएको बताए ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौँ महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक तालीम सञ्चालन गरेको हो । पहिलो चरणको तालिममा विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भू सम्पदा मार्ग क्षेत्रका ३० स्थानीय युवा सहभागी छन् ।

स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिममा स्थानीय महत्वका विभिन्न संरचना र दुर्लभ वस्तुकलाका साथै पदमार्गमा पर्ने मठमन्दिर, पाटी, सत्तल, ढुङ्गेधारा, पार्क, नदी, पोखरीबारे जानकारी प्रदान गरिएको छ । पदमार्गअन्तर्गत रहेका सम्पदाको मर्मत तथा पुनःनिर्माण कार्य अघि बढिसकेको छ । उक्त क्षेत्रमा रहेका परम्परागत शैलीका भवन, बौद्ध एवं हिन्दू धार्मिक तथा सांस्कृतिक महत्वका सम्पदाको संरक्षण गरी नमूना सम्पदा मार्ग निर्माण गरिनेछ । विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदाबीचको दुरी करीब दुई किलोमिटर छ । पदमार्गमार्फत पर्यटन तथा सम्पदा संरक्षण गर्ने लक्ष्य राखिएको छ ।

 

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ८ : २४ बजे

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह