सम्पदा पदमार्ग’ नमूना बन्नेछ : पर्यटनमन्त्री श्रेष्ठ « Khabarhub

सम्पदा पदमार्ग’ नमूना बन्नेछ : पर्यटनमन्त्री श्रेष्ठ


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भू क्षेत्र जोडेर निर्माण गरिने सम्पदा मार्गले पर्यटकलाई आकर्षित गर्ने विश्वास व्यक्त गरेका छन् ।

हनुमानढोका–स्वयम्भू सम्पदामार्ग लक्षित पथप्रदर्शक तालिम समापन कार्यक्रममा मन्त्री श्रेष्ठले हनुमानढोका–स्वयम्भू जोड्ने ‘सम्पदा पदमार्ग’ आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रको नमूना गन्तव्यस्थल बन्ने बताए । विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा जोड्ने गरी पदमार्ग बन्नु देशको गौरवको विषय भएको बताए ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौँ महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक तालीम सञ्चालन गरेको हो । पहिलो चरणको तालिममा विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भू सम्पदा मार्ग क्षेत्रका ३० स्थानीय युवा सहभागी छन् ।

स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिममा स्थानीय महत्वका विभिन्न संरचना र दुर्लभ वस्तुकलाका साथै पदमार्गमा पर्ने मठमन्दिर, पाटी, सत्तल, ढुङ्गेधारा, पार्क, नदी, पोखरीबारे जानकारी प्रदान गरिएको छ । पदमार्गअन्तर्गत रहेका सम्पदाको मर्मत तथा पुनःनिर्माण कार्य अघि बढिसकेको छ । उक्त क्षेत्रमा रहेका परम्परागत शैलीका भवन, बौद्ध एवं हिन्दू धार्मिक तथा सांस्कृतिक महत्वका सम्पदाको संरक्षण गरी नमूना सम्पदा मार्ग निर्माण गरिनेछ । विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदाबीचको दुरी करीब दुई किलोमिटर छ । पदमार्गमार्फत पर्यटन तथा सम्पदा संरक्षण गर्ने लक्ष्य राखिएको छ ।

 

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ८ : २४ बजे

भोट फिर्ताबारे गृहमन्त्रीको जवाफ : आफ्नो क्षेत्रका मतदातासँग ‘जोक’ गरेको थिएँ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर

खाडी मुलुकलाई इरानको चेतावनी 

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका

तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, १६ वर्षीय किशोरले चकलेट दिएर फकाउँदै लगेका थिए

सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख