विकास र समृद्धिका लागि राजनीति गरौं : मन्त्री राई « Khabarhub

विकास र समृद्धिका लागि राजनीति गरौं : मन्त्री राई


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज – भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले अब विकासको राजनीति गर्नुपर्ने बेला भएको बताएका छन्।

राजनीतिको नाममा धर्म र साम्प्रदायिकता भड्काउन उद्दत राजनीतिक दल तथा नेताहरूलाई उनले जनताको मन जित्नका लागि विकास र समृद्धिको राजनीति गर्न सुझाव दिएका हुन्।

गृहजिल्ला बाँकेको डुडुवामा विभिन्न पुलहरूको शिलान्यास गर्दै उनले भने, ‘अब धर्म र साप्रदायिकताको राजनीति छोड्नुस्। सक्नुहुन्छ भने विकास र समृद्धिको राजनीति गर्नुस् र जनताको मन जित्नुस्।’

चुनावका बेला आमनागरिकलाई भ्रममा पार्न र साम्प्रदायिकता भड्काउने गतिविधिहरू बढेको भन्दा त्यस्ता क्रियाकलाप गर्नेहरूबाट सचेत हुन पनि उनले आग्रह गरे।

‘यो क्षेत्रबाट धेरैले राजनीति गरे। धेरै नेता भए। सांसद भए। मन्त्रीहरू पनि भए। मन्त्रीमात्रै होइन यही बाँके जिल्लाबाटै राजनीति गर्नेहरू प्रधानमन्त्री पनि भए’ उनले भने ‘तर बाँकेवासीले विकास कहिल्यै पाउन सकेनन्। प्रधानमन्त्री भएको जिल्ला पनि विकासमा सधै पछि नै रह्यो।’

उनले जिल्लामा विकासका अझै तमाम कामहरू अधुरा रहेका र तीनलाई पूरा गर्नका लागि आफू फेरि एकपटक चुनावमा होमिने पनि बताए। तर त्यसबाट अत्तालिएकाहरूले आफूविरूद्ध भ्रम छर्न धर्म र साम्प्रदायिकता भड्काउन खोजेको भन्दै उनले मिलेर बसेको समाजलाई भत्काउने कोसिस नगर्न पनि चेतावनी दिए।
.

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ८ : ४९ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक