सत्ता गठबन्धनको बैठक आज पनि बस्दै « Khabarhub

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिट बाँडफाँडको टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँडका लागि आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो । सिट बाँडफाँडका लागि दुई महिना देखि जारी प्रयासले आज अन्तिमरूप लिने नेताहरूले बताएका छन् ।

प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारी खडा गर्न पाँच दलबीच घनिभूत छलफल भइरहेको छ । केही क्षेत्रमा दोहोरो दाबी भएकाले सहमति जुटाउन जटिल भइरहेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । राष्ट्रिय पार्टी बन्नका लागि सबै क्षेत्रमा आफ्नो उपस्थिति हुनुपर्ने जसपाको माग छ ।

जसपाले गठबन्धन भन्दा बाहिर पनि तालमेलको विकल्प खोज्ने निर्णय गरेको छ । उसको माग गठबन्धनभित्र अझै पनि सम्बोधन नभएको पौडेलले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ७ : ४० बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा