‘निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार’ « Khabarhub

‘निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार’


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रुपन्देही गृहमन्त्री बालकृष्ण खाणले मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र)ले आज भैरहवामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा रूपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खाणले देश विकासका लागि सङ्घसहित सातै प्रदेशमा पाँचदलीय गठबन्धनले सरकार बनाउने बताए ।

गृहमन्त्री खाणले लामो सङ्घर्षपश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप मजबुत बनाउँदै नागरिकको अवस्था परिवर्तन गर्न पाँचदलीय गठबन्धन बनेको र यसको जित अत्यावश्यक रहेको औँल्याए । उनले गठबन्धनले जितेमा प्राप्त उपलब्धि उल्टन सक्नेतर्फ सचेत हुनुपर्ने बताए। बेला–बेलामा नेपाली कांग्रेस र वामपन्थी शक्ति मिलेर नेपालमा ठूला-ठूला राजनीतिक परिवर्तन भएको उनले उल्लेख गरे ।

विसं २०४६ मा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको आगमन, २०६०/६२ को संयुक्त आन्दोलनबाट निरंकुश राजतन्त्रको अन्त्य र १२ बुँदे सहमति यसैको परिणाम भएको उनको भनाइ छ । माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा ल्याउन र राजतन्त्रलाई हटाउन स्व गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आपसी वार्ता र पहलबाट मात्र सम्भव भएकाले दुवै नेताको ठूलो योगदान रहेको उनले बताए ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य पूर्वमन्त्री एवं समानुपातिकतर्फका प्रतिनिधिसभा उम्मेदवार हकिकुल्लाह खाँले मुलुकको समृद्धि, विकास र जनजीविका परिवर्तनका लागि पाँचदलीय गठबन्धनलाई जिताउन आग्रह गरे । क्षेत्र नं ३ (१) का प्रदेशसभा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोषकुमार पाण्डेयले गठबन्धन सरकारले देशको हितमा काम गर्ने बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : ५५ बजे

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ