पाँच वर्षभित्र निरपेक्ष गरिबीबाट मुक्त गर्ने जसपाको प्रतिबद्धता « Khabarhub

पाँच वर्षभित्र निरपेक्ष गरिबीबाट मुक्त गर्ने जसपाको प्रतिबद्धता


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी पाँच वर्षभित्र निरपेक्ष गरिबीबाट मुक्त गर्ने र बुहुआयामिक गरिबीको अनुपातलाई एकल अङ्कमा सीमित गर्नेलगायतका लक्ष्य राखेर जनता समाजवादी पार्टी नेपालले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

तुलनात्मक लाभ भएका क्षेत्रमा लगानी बढाउन राष्ट्रिय उद्योगीलाई प्रोत्साहन दिने, जल जमिन, जङ्गल, जडीबुटी र जनशक्तिको उच्चतम सदुपयोग गरी मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डो¥याउनका लागि विकासका पूर्वाधार तयार पार्ने सो पार्टीले आफ्नो आर्थिक विकाससम्बन्धी एजेण्डामा समावेश गरेको छ ।

जसपाले विकास योजना तर्जुमा गर्दा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्ने, कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत बराबरको स्थिर पूँजीको विकास गर्ने, पाँच वर्ष निरन्तर दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्ने र प्रतिव्यक्ति आय पाँच हजार डलर पु¥याउने लक्ष्य प्रतिबद्धतापत्रमा राखिएको छ ।

देशको प्राकृतिक तथा मानवीय स्रोत तथा साधनको अधिकतम उपयोग हुने गरी आर्थिक नीति तर्जुमा गरी समताको सिद्धान्तमा आधारित प्रगतिशील कर प्रणाली लागू गर्ने र विकासका बाधक रहेका आर्थिक ऐन, नियम संशोधन गर्ने लक्ष्य प्रतिबद्धतापत्रमा उल्लेख छ ।

परम्परागत निर्वाहमुखी कृषि अर्थतन्त्रलाई आधुनिक एवं औद्योगिक अर्थतन्त्रमा प्रवद्र्धन गर्ने, कृषिको वैज्ञानिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने, कृषि फार्मको विकास गरी दुई वर्षमा कृषिमा आत्मनिर्भर हुने, वैज्ञानिक भूमिसुधार लागू गर्ने, एक गाउँ एक उत्पादनको नीति लागू गर्ने, कृषि बीमा अभियान सञ्चालन गर्ने, साना किसानलक्षित पशु बीमा अनुदानको व्यवस्था गर्ने सो दलको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

त्यस्तै आगामी दुई वर्षभित्र रासायनिक मल कारखाना खोल्ने, सहकारी खेतीलाई जोड दिने, निर्माणाधीन सिँचाइ आयोजना पूरा गर्ने र ठूला नदीमा पानी डाइभर्सन गरी सिँचाइ सुविधा उपलब्ध गराउने सो पार्टीले जनाएको छ । त्यस्तै आगामी पाँच वर्षभित्र सिँचाइका लागि आवश्यक पर्ने बिजुली निःशुल्क उपलब्ध गराइने छ ।

स्वदेशी लगानीलाई प्रोत्साहन तथा वैदेशिक लगानीलाई आकर्षण गर्ने नीति लिएको सो पार्टीले औद्योगिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा दिने तथा श्रमबजार मिल्दो एकीकृत तालिम कार्यक्रम सञ्चालन गर्ने सो पार्टीको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

सो पार्टीले आगामी पाँच वर्षभित्र १० हजार मेगावाट बिजुली उत्पादन गर्ने, गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क बिजुली उपलब्ध गराउने तथा सरकारी तथा निजी क्षेत्रलाई परिचालन गरी ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । नदी प्रणालीमा आधारित उत्तर–दक्षिण लोकमार्गमा आधारित उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखेको सो पार्टीले पाँच वर्षभित्र ऊर्जामा आत्मनिर्भर हुने भनिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ८ : १७ बजे

रविलाई सांसदबाट निलम्बन गर्न मागसहित सर्वोच्च पुग्यो रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद

विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति

दमौली– विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष पदमा डिल्लीराज आचार्यलाई

तीन ऐन संशोधन गर्न बनेका विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय

काठमाडौं- सरकारले तीन वटा ऐन संशोधन गर्न बनेका विधेयक संघीय

पुरातत्वका पूर्वइन्जिनियरसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा, ६४ करोडको ठेक्कामा सवा ४ करोड घुस

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल