नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध छ : श्रीलङ्काली प्रधानमन्त्री « Khabarhub

नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध छ : श्रीलङ्काली प्रधानमन्त्री


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवद्धधनाले नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध रहेको बताएका छन् । दक्षिण एसियाका नेपाल, भारत र श्रीलङ्का पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री गुणवद्र्धनाले श्रीलङ्कामा करिब ७२ प्रतिशत बुद्धधर्मावलम्बी रहेको र नेपालको लुम्बिनी बुद्धको जन्मस्थल भएकाले पनि नेपाल र श्रीलङ्काबीच धार्मिक सम्बन्ध रहेको बताए ।

‘राम, सीता र रावणका विषय धार्मिक इतिहासमा छ । अझ आस्थाको केन्द्र पशुपतिनाथ नेपालमा छ । यसले पनि दुई देशबीचको सम्बन्धलाई थप प्रगाण बनाएको छ’ उनले भने। सङ्कटको समयमा छिमेकी देशले गरेको सहयोग प्रसंशनीय भएजस्तै सञ्चारकर्मीले पनि सकारात्मक समाचार सम्प्रेषण गरेर सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।

टोलीमा सहभागी पत्रकार सम्झना पौडेलका अनुसार यस ‘मिडिया परिचय टुर’ को आयोजना श्रीलङ्काली सरकार, टुरिजम प्रोमोसन ब्यूरो श्रीलङ्का र एशिया मिडिया कल्चर एशोसियशनले गरेको हो ।

एएमसिएका अध्यक्ष उपुल जानका जय सिङ्गेले पर्यटन प्रवद्र्धन ब्यूरोकोतर्फबाट मिडिया परिचय टुरले श्रीलङ्काको मात्र नभइ एसियाली देशको नै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा राखिएको बताए

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ८ : ३९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना